उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...











