उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।
सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...