ईनरुवा । सुनसरीको ईनरुवा नगरपालिका वडा नं २ का ५० बर्षीय अश्रुधिन मियाँलाई साईकल चोरी गरेर लादैं गरेको अबस्थामा पक्राउ गरिएको छ । गत शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरेर लैजादैं गरेको अवस्थामा मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँ संग ४ ओटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...











