इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका– ३ गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातीको गहुँको बाली लगाएका छन् । यो गहुँ विश्वको एक प्रमुख अन्न बाली भएको र त्यसमा पनि कालो रगंको सुगर फ्रि कालो गहुँ लगाएका हुन् ।
मेहताले गहुँ पनि अनेक थरीको हुने गरेको आफूलाई सुरुमा सुन्दा अच्चम लागेपनि भारतको इन्दोरमा रहेको साथीबाट गएको बैसाखमा १ सय ४० केजी कालो गहुँको विउँ ल्याएर कार्तिकमा चार विघा खेतमा छरेर प्रति विघा ७० मन उत्पादन गरेको बताए ।
वहाँले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीहरुबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक गहुँ ल्याएको दाबी गरेका छन् । वहाँका अनुसार केही वर्ष अघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो नेपाल ल्याएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोर सहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाई छ ।
मेहताले कालो गहुँको मागको बारेमा नेपाल थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताका बारेमा थाहा भएपछि विस्तार हुने बताए । यस पटक उहाँले ४ बिघा जमिनमा एक क्विन्टल ४० केजी गहुँ छरेका थिए । उहाँले एक सय १२ क्विन्टल गहुँ उत्पादन गरेका छन् । वहाँका अनुसार जुन खेतहरूमा सामान्य खेती हुन्थ्यो, तर कालो गहुँको उत्पादन बढेसँगै माग पनि बढेको हो ।
जानकारहरुका अनुसार कालो गहुँमा एन्थोसायनिनको मात्रा सामान्य गहुँको तुलनामा प्रति मिलियन १४९ बढी हुन्छ । योसँग उच्च जिङ्क सामग्री पनि रहेको छ । कालो गहुँमा ईथोसाइनिनको कारण सुगर फ्री हुन्छ । जानकारी अनुसार स्टार्च पनि कम हुन्छ । यस्तो अवस्थामा कालो गहुँको रोटी उपभोग गर्दा मधुमेहका बिरामीहरूलाई फाइदा हुन्छ । कालो गहुँको रोटी खाँदा पाचन क्षमता पनि छिटो बढ्छ ।
उहाँले यस गहुँको बीज ३६५ रुपैयाँ प्रतिकेजीमा किनेका थिए । विज्ञहरूले कालो गहुँका धेरै फाइदाहरू भएको बताउँछन् । उनीहरुका अनुसार कालो गहुँमा अनुसन्धान अझै भइरहेको छ । यद्यपि यसमा एन्टी–अक्सीडन्ट्सको मात्रा उच्च हुन्छ । यसले क्यान्सरका बिरामीलाई फाइदा पुर्याउँछ । कालो गहुँ क्यान्सर रोकथाममा फाइदाजनक हुने विज्ञहरुको दावी रहेको छ । यसले बोसोको मात्रालाई पनि कम गर्दछ, जसले मोटोपन पनि कम गर्दछ ।