Monday, October 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकारको पेशागत हकहितको लागि प्रतिवद्ध छु:नगर प्रमुख मेहता

महासंघका केन्द्रीय सदस्य इकवाल अहमदसहित दर्जनौँ सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३१, २०७७
in FEATURE, मुख्य खबर
पत्रकारको पेशागत हकहितको लागि प्रतिवद्ध छु:नगर प्रमुख मेहता
86
SHARES
Share on FacebookShare on Twitter

 टोमराज मेहता
इनरुवा।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले पत्रकारको पेशागत हकहतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । इनरुवा नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मेहताले पत्रकारहरुको पेशागत हकहितमा सदैव काम गर्न प्रतिबद्ध रहेको बताए ।नेपाल पत्रकार महासंघकोे पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचित भएका पत्रकारहरुलाई बधाई तथा शुभकामना दिँदै नगर प्रमुख मेहताले इनरुवाले ऐतिहासिक जित हासिल गरेको र अब आउने दिनमा पत्रकारिताको विकासमा थप मद्दत गर्ने बताए ।इनरुवाले पत्रकारितामा फड्को मारेको भन्दै पत्रकारहरुले इनरुवामा विकास भएको वा नभएको कुराहरु जनतामाझ आ–आफ्नो सञ्चारमाध्यमबाट सुसूचित गरिदिनका लागि आग्रह गरेका थिए ।

इनरुवा सदैव अवसरबाट बञ्चित हुँदै आएको बेला यस निर्वाचनमा राम्रो सफलता र जित हासिल गरेकाले इनरुवाका पत्रकारहरुको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको नगर प्रमुख मेहताको कथन छ ।

सम्मानले काम गर्ने हौसला बढ्ने भएकाले अगामी दिनमा इनरुवाको नाम राख्न आग्रह गर्दै नगर प्रमुख मेहताले पहिले र अहिलेको इनरुवामा फरक भएको दाबी गरेका छन् । नगर प्रमुख मेहताले पेशागत हकहितका लागि सहकारी संस्था खोल्न र अक्षयकोष स्थापना गरे आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर प्रमुख मेहताले इनरुवाका पत्रकारहरु एकजुट भएर निर्वाचनमा गएकोले ठूलो उपलब्धि पाएको भन्दै अगामी दिनमा पनि एकजुट भएर अगाडि बढ्न अनुरोधसमेत गरेका थिए ।देशभरकै मतबाट इनरुवाका पत्रकार इकवाल अहमदले अत्याधिक मत ल्याएर विजयी भएकाले इनरुवावासीको गौरवलाई बढाएको उनले बताए । इनरुवाबाट केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लामा पदाधिकारीहरु जितेकाले इनरुवा नगरपालिकाको शानलाई बढाएकाले पत्रकारलाई उच्च सम्मान गरेको उनले बताए ।इनरुवालाई चिनाउन पत्रकारहरुको भूमिका रहेकै कारण महासंघको निर्वाचनबाट इनरुवाका पत्रकार इकवाल अहमदले पुनः इनरुवाको पहिचानलाई बलियो बनाउन सफल भएको उनको दाबी छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले आफू देशभरकै अत्यधिक मत ल्याएर विजयी भएको बताए ।

इनरुवाबाट प्रतिनिधित्व गर्ने गरी केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा विजयी भएकाले इनरुवाका पत्रकारहरुको हकहितका लागि इनरुवा नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । केन्द्रीय सदस्य अहमदले प्रेस स्वतन्त्रता, समावेशिता र श्रमजीवीका पक्षमा वकालत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

इनरुवाले पहिलो पटक केन्द्रीय सदस्य पाएकाले इनरुवाको पत्रकारिताको विकासमा समेत ध्यान दिने उनले बताए । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित इनरुवाका १२ जना पत्रकारहरुलाई इनरुवा नगरपालिकाका मेयर राजन मेहतासहित प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलासहितले सम्मान गरेका छन् ।

इनरुवा नगरपालिकाले केन्द्र, प्रदेश र जिल्लातर्फ जित हात पार्ने इनरुवासहित आसपासको क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यतर्फ निर्वाचित इकवाल अहमद, १ नम्बर प्रदेशका सदस्यतर्फ प्रदेश सदस्य निर्वाचित प्रमोद यादव रहेका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी शाखातर्फ कोषाध्यक्ष पदमा निर्वाचित अजित झा, जिल्ला सदस्यहरुमा वीरेन्द्र साह, दीपेन्द्र यादव, निश्चल शर्मा र निर्विरोध निर्वाचित मिकाइल आलमलाई नगर प्रमुख मेहता, प्रमुख प्रशासकीय अधिकृत निरौला, नेपाली कांग्रेस इनरुवा नगर उपसभापति प्रदीप ढकालले संयुक्त रुपमा डायरी, कलम, दोसल्ला र अबिर लगाई सम्मान गरेका छन् ।

त्यसैगरी महासंघ सुनसरीबाट केन्द्रीय परिषद सदस्यतर्फ सुकदेव चौधरी निर्वाचित भएका छन् भने प्रदेश परिषद सदस्य समावेशीतर्फ अनवर अन्सारी र धीरेन्द्र चौधरी निर्विरोध निर्वाचित भएकालाई समेत सम्मान गरेका छन् । प्रदेश परिषद सदस्यतर्फ पिएमणि भट्टराई र चन्दन गुप्तालाई समेत सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन इनरुवाका सभापति टोमराज मेहताले निर्वाचनमा खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले संयुक्त रुपमा डायरी, पेन र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

 

Tags: इनरुवानिर्वाचनमा राम्रो सफलतापत्रकारको पेशागत हकहितपत्रकारहरुको उच्च मूल्याङ्कन
Share34Tweet22SendScan
Previous Post

डेढ घण्टापछि निशर्त रिहाइ भए मियाँसहित पाँच विद्यार्थी

Next Post

थारु महिला सभाद्वारा जुर शितल कार्यक्रम

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
थारु महिला सभाद्वारा जुर शितल कार्यक्रम

थारु महिला सभाद्वारा जुर शितल कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In