इनरुवा । सुनसरीको इटहरीमा नयाँ वर्षको आगमन संगै थारु समुदायले आफ्ना पुर्वजहरुको आर्शिवाद लिई सिरुवा पर्व मनाउनु शितल जल एक आपसमा आदन प्रदान गरी जुर शितल कार्यक्रम मनाएका छन् ।
इटहरी ४ स्थित कचना महादेवको ग्रामथानको प्राङ्गनमा भेला भई उठौ थारु जुठौं थारु आफ्नो हक अधिकारको लागि लडौं थारु मुलनाला रहेको थारु कानून व्यवसायी केन्द्रय, था.क.स. नगर समिति इटहरी,थारु पत्रकार संघ नेपाल, ग्रामथान संरक्षण समिति सुनसरी थारु युवा सभा सुनसरी सहितको संयुक्त समनव्य तथा थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा जुर शितल कार्याक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो ।
वर्ष भरी सुख शान्ति समृद्धि तथा रोग व्याथा नलागोस भन्ने पौराणिक मुल्य मान्यता तथा संस्कार अनुरुप नयाँ वर्षको आगमन संगै ग्रामथानमा पुजाआजा गरी आफ्ना इष्ट देवलाई शितल जल चढाई सोही जल एक आपसमा छर्के जुर शितल मनाउने गरेको सभाकी ममता चौधरीले जानकारी गराइन ।
आफ्नो पचिहान संग जोडिएको संस्कार संस्कृतिको जर्गेना गरी भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि सामूहिक रुपमा जुर सितल तथा सिरुवा पर्व मनाउने गरेको सभाकी अध्यक्ष सुशिला लेखिले बताइन । सोही कार्यक्रममा ग्रामथान संरक्षणका अगुवा तेजनारायण चौधरी, कानून व्यवसायी रामराज चौधरी, थारु अगुवा राजकुमार चौधरी लगायतले आफ्ना मन्तव्य राखेका थिए ।
त्यसैगरी सोही कार्यक्रममा थारु समुदायबाट नेपाल पत्रकार महासंघको चुनावमा विजय हालिस गर्ने थारु पत्रकारलाई सम्मान गरेका छन् । सम्मानीत हुने थारु पत्रकारहरुमा केन्द्रिय परिषद सदस्य सुकदेब चौधरी, प्रदेश परिषद सदस्य कुलदिप चौधरी, गवनसिंह चौधरी, सुनिल चौधरी रहेका छन् । सम्मानीत पत्रकारहरुलाई खादा, अविर, तथा डायरी हस्तान्तरण गरेर कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि सहितले सम्मान गरेका थिए ।