इनरुवा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले तालिका अनुसार पालिकाका जनतालाई सेवा प्रवाह गर्ने भएका छन् । बुधबारबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नयाँ नागरिकता र नागरिकता प्रतिलिपि सम्बन्धी सेवाहरु तालिकाअनुसार कार्यान्वयन गर्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा तालिकाअनुसार सेवा प्रवाह गर्ने भएका छन् । आइतबार धरान र इटहरी उपमहानरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिका, बुधबार कोसी र देवानगञ्ज गाउँपालिका, बिहीबार दुहवी नगरपालिका र गढी गाउँपालिका तथा शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रशासन कार्यालयमा सामाजिक दूरी कायम गर्दै मास्कको अनिवार्य प्रयोग गरी सेवा लिनुपर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।