इनरूवा । सुनसरी जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि जारी गरिएको निषेधआज्ञा लम्बाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारदेखि आगामी बैशाख २४ गतेसम्म रातीसम्मका लागि जारी गरेको निषेधआज्ञा आगामी बैशाख ३१ गतेसम्मलाई थपिएको हो ।
यसअघि केही खुकुलो रुपमा गरिएको निषेधआज्ञा लागू गरिएको थियो तर आजबाट बैशाख ३१ गतेसम्म भने पूर्ण निषेधाज्ञा गरिएको छ ।
यातायात सञ्चालनको हकमा लागू गरिएको जिल्लामा जोरबिजोर प्रणालीसमेत हटाइएको छ । भोली बाट अत्यावश्यक बाहेक हिडडुलमा समेत जिल्ला प्रशासन कार्यालय सुनसरीले रोक लगाएको छ ।
निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछ ।
गत बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा शुक्रबार रातको १२ बजेदेखि निषेधआज्ञा जारी गरेको थियो।