बाराहाक्षेत्र । नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समिति सभापति नारायणप्रसाद नेपालले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरबासीलाई आग्रह गरेका छन् ।
वराहक्षेत्र नगरपालिकाका कर्मचारी सहित धेेरैलाई कोभिटको सक्रमण देखिएको र वराहक्षेत्र नगरपालिकासंग जोडिएको स्थानीय तहहरु ‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको नगरबासीलाई सचेत र सजक रहन आव्हान समेर गरेका छन् ।
सभापति नेपालले सामाजिक सञ्चालन फेसबुक मार्फत नगर बासिहरुलाई आग्रह गर्दै ” कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागू गरेको एक साताको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गरेका छन् । उनी भन्छन बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरि पटकपटक हात धुन तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गर्दछु ।’
नगर सभापति नेपालले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजनिक स्थान र स्थलहरुमा भीडभाड भएको देखेमा आफैँले सो भीडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् । भन्ने निषेधाज्ञा लम्बियो भन्ने मजदुर , निम्न आय भएका कामदारहरुलाई राहतको प्याकेज ल्याउन स्थानिय सरकारसंग माग समेत गरेका छन् ।