Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान
39
SHARES
Share on FacebookShare on Twitter

दुहवी । नेकपा एमाले सुनसरी जिल्ला इन्चार्ज भगवती चौधरीले कोरोना संक्रमणको दोश्रो लहर रोकथाम, नियन्त्रणका लागि सबै राजनीतिक दल, नागरीक समाज र पेशाकर्मीलाई एकजुट हुन आग्रह गरेकी छन् ।

विश्वव्यापी कोभिड–१९ को दोश्रो भेरीयन्टले छिमेकी मुलुक भारतसँगै हाम्रो देश नेपाल आक्रान्त रहेको स्मरण गर्दै नेतृ चौधरीले नेपाललाई कोरोना भाइरस मुक्त पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।

कोरोना संक्रमणको पहिलो भेरियन्टमा नेपालले अन्य मूलुकको तुलनामा कम क्षति व्यहोर्नुपरेको तर्क गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधीले गतवर्षको कोरोना संक्रमणमा शुरुवाती अवस्थामै लकडाउन गर्दै संक्रमितको उपचार, स्वास्थ्य वीमा, व्यवस्थापनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले उचित रणनीति अपनाएकाले नेपाल अन्य देशको तुलनामा सुरक्षित रहन सकेको उल्लेख गरेकी छन् ।
तर, आज कोरोना संक्रमणको दोश्रो भेरीयन्टलाई नियन्त्रण गर्न चुकिरहेको उल्लेख गर्दै चौधरीले आफ्नै जिल्लासमेत असुरक्षित भएको बताएकी छन् ‘सुनसरी जिल्लाकै कुरा गर्दा दैनिक एक सयबढी नयाँ संक्रमित थपिइरहेको रेकर्ड छ । पछिल्लो एक सातायता सुनसरीका इहटरी, धरान, इनरुवा दुहवीसँगै सिमावर्ती क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । एक साताअघि मात्रै इनरुवामा एकै परीवारका तीन जनाको कोरोना संक्रमणकै कारण दुखःद निधन भएको दृश्यले यो कति भयावह भइरहेछ भन्ने अनुमान गर्न सकिन्छ ।’
उनले आफ्नै घर आँगनका आमाबुबा दाजुभाई कोरोना संक्रमणले जीवन र मृत्यूको दोसाँधमा परेको देख्दा आँखा चिम्लेर बस्न नहुने बताएका छन् । ‘अब हामीले आफ्नो ठाउँ र जनताको जीवनरक्षाका लागि दिल खोलेर काम गर्न अत्यावश्यक भइसक्यो ।’ चौधरीले जिल्लाका पार्टी सदस्य, जनवर्गीय संगठन तथा अन्य राजनीतिक दल र नागरिक समाजलाई पनि हातेमालो गर्न आब्हान गरेकी छन् ।

कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट जनतालाई बचाउन राज्यले आफ्ना सबै प्रकारका संयन्त्र प्रयोग गर्दैगर्दा पनि नसक्ने अवस्था सृजना भएको उनको भनाई छ । ‘आज देशका कुनैपनि सरकारी, निजी अस्पतालहरुमा वेड पाउन मुस्किल छ । देशभर अक्सिजन, भेन्टिलेटर र आइसियूको हाहाकार मच्चिएको कारुणीक दृश्य देखापर्दा अब नागरिक स्तरबाट पनि महामारीसँग लड्न आवश्यक कदम चाल्न अपरिहार्य छ । यसका अलावा हामी विभिन्न राजनीतिमा आस्था राख्ने राजनीतिज्ञले पनि कोरोना महामारीबाट हाम्रा जनतालाई जोगाउन, सुरक्षित राख्न हातेमालो गरौं ।’ चौधरीले भनेकी छन् ।

कोरोना संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सामाजिक दुरी रहेको उल्लेख गर्दै चौधरीले विश्वका ठूल्ठूला देशहरुले पनि सामाजिक दुरी कायम गरेर नै कोरोना महामारीबाट छुट्कारा पाउँदै गएकाले सामाजिक दुरीकोे विकल्प खोज्ने कल्पना गर्न पनि नसकिने बताएकी छन् । ‘कोरोनाको पहिलो भेरियन्टमा जसरी हामीले लकडाउनको पूर्ण पालना गरेर घरमा बस्यौं, जसरी पटक–पटक साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने, मास्क लगाउने काम गर्यौं अहिले गर्नेपनि त्यहि हो ।’

चौधरीले सम्पूर्ण देशव्यापीलाई कोरोनाको खोप लगाउने र संक्रमितलाई आवश्यक स्वास्थ्योपचारको व्यवस्थापन गर्नुपर्ने दायीत्व राज्यसँग रहेकोले राज्यलाई गम्भिरतापूर्वक कोरोना महामारीसँग लड्न आग्रह गरिन् । यसका साथै नागरिक स्तरबाट पनि राज्यको मात्रै मुख ताकेर कोरोनाको महामारीबाट मुक्ति पाउने अवस्था नरहेको तर्क गरेकी छन् । ‘हामीले पनि आ–आफ्ना क्षेत्रबाट कोरोना संक्रमण नियन्त्रण र उपचारमा सक्दो योगदान गर्नुपर्ने बेला आएको छ । स्थानीय तहमा अब हामीले हाम्रा आमाबुबा दाजुभाई तथा दिदिबहिनीलाई कसरी सुरक्षित गर्न सक्दछौं त्यसप्रति ध्यानकेन्द्रित गर्न गराउन जरुरी छ । ’ चौधरीले भनेकी छन् ।

अहिले सरकारले जारी गरेकोे निशेधाज्ञाले श्रमिक वर्ग र दैनिक ज्यालादारीका जनताहरु पुनः भोकमरीको अवस्थामा जान सक्ने भएकाले तिनीहरुको जीवन रक्षार्थ राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी लाग्नुपर्ने उनको धारणा छ । ‘दिनदिनै बढ्दै गएको संक्रमणका कारण सरकारले जारी गरेको निशेधाज्ञा बढ्ने संकेत देखिएको छ । अब हामी राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यवसायीहरुले ती वर्ग समुदायका लागि पनि आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउनु पर्ने बेला आएको छ ।’ चौधरीले भनेकी छन्–‘जीवन रहे न जगत रहन्छ ।’

नेतृ चौधरीले यो महामारीमा आम जनताको जीवन जोगाउन, सुरक्षित गर्न र कोरोना महामारीबाट मुलुकलाई मुक्त बनाउन आम उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, पेशाकर्मी, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा जिल्लामा रहेका सबै राजनीतिकर्मीहरुमा हातेमालो र सहकार्यका लागि आब्हान गरेकी छन् ।

स्मरण रहोस् नेतृ चौधरीले गत वर्षको लकडाउनमा आफ्नै सक्रियतामा जिल्लाका हज्जारौं नागरिकलाई खाद्यान्न, कोरोना स्वास्थ्य सामग्रीहरु वितरण गरेकी थिइन् । उनको संस्था फरवार्ड माइक्रोफाइनान्सले सरकारको कोरोना राहत कोष र स्थानीय तहमा गठन गरिएका राहत कोषहरुमा लाखौं आर्थिक तथा कोरोना स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

Share16Tweet10SendScan
Previous Post

जनप्रतिनिधिले गर्ने काम भोक्राहा नरसिंहमा रमेशले गरे

Next Post

निर्माणधिन काममा सबैले निगरानी गरौ : इसराईल

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

निर्माणधिन काममा सबैले निगरानी गरौ : इसराईल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In