इनरुवा । सिद्धार्थ बैंक लिमिटेड गढी शाखाद्वारा संस्थागत सामाजिक दायित्व अन्तर्गत गढी गाउँपालिका औरावनी सुनसरीको प्रकोप ब्यबस्थापन कोषमा जम्मा हुने गरि दुई लाख बराबरको चेक आज एक कार्यक्रमका बिच पालिकालाई हस्तान्तरण गरेको छ ।
सिद्धार्थ बैंक लिमिटेड गढी शाखाका शाखा प्रबन्धकद्वारा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवलाई हस्तान्तरण गरेका छन । सो कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष श्रीमती राजकुमारी चौधरी, वडा नम्बर २ का वडाध्यक्ष श्री अरुण कुमार चौधरी, प्रमुख प्रशासकिय अधिकृत भुपध्वज थापा, लेखा अधिकृत श्री दिल बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख श्री राजेन्द्र प्रसाद यादब, सुचना अधिकृत राजेश चौधरी, लेखापाल श्री बाबुराम पौडेल लगायतका कर्मचारिहरुको उपस्थिति रहेको थियो।