देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाका –३ का एक युवक घरबाट निस्किएको दुई हप्ता वित्दा समेत घर फर्किएको छैन् । बैशाख १४ गते देवानगञ्ज गाउँपालिकाबाट रामधुनी नगरपालिकाको झुम्का आएपछि आफनो घर नफर्किएको दुई हप्ता बितिसकेकोले सरोकारवालहरुले खोजिदिनका लागि उनका परिवारले अनुरोध गरेका छन् ।
देवानगञ्ज गाउँपालिकाका वडा नम्बर–३ का ३३ वर्षिय सुरेश कुमार सरदार नाम गरेको एक युवक रामधुनी नगरपालिकाको झुम्का बजारबाट हराएको हुदाँ कोही कसैलाई भेटिएपछि नजिकको प्रहरी कार्यालय वा उनका परिवारलाई खबर गरिदिनुहुन अनुरोध छ ।
सुरेश सरदार नाम गरेको युवकको मानसिक सन्तुलन गुमेको हुदाँ भेटाउनुहुने महानुभावहरुले ९८०४०७५५२३ मा खबर गर्नका लागि उनका बुवा हिरालाल सरदारले अनुरोध गरेका छन् । रामधुनी नगरपालिकाका झुम्कामा काम गर्ने शिलशिलामा गएको र लकडाउन हुनुभन्दा अघिदेखी नै हराएको हुदाँ उनका परिवार चिन्तामा परेका छन् ।
मानसिक सन्तुलन गुमेको हुदाँ घर आउने बाटो बिराएर अन्यत्र गएको हुनसक्ने भएको हुदाँ कुनै पनि ठाउँमा देख्नुहुने व्यक्तिहरुले समयमै खबर गरेर सम्वन्धित सरोकारवालाहरुले सहयोग गर्नका लागि उनका बुवाले अनुरोध गरेका छन् ।