बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१० स्थिति प्रकाशपुरका युबा समुहले कोरोना सक्रमण जोखिम क्षेत्रमा सेनिटाइज र कोरोना सक्रमितहरुलाई पोष्ट्रिक तत्ब प्रदान गर्ने अभियाम चलाएको छ ।
बुधबारबाट सुरु अभियान अन्तगर्त वराहक्षेत्र १० र वराहक्षेत्र ९ लगाएत हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको प्रसिद्ध तिर्थ स्थल रामधुनि मन्दिर परिषदमा समेत सेनिटाइज गरेको जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले बताए ।
गुरुङका अनुसार वडाका उच्च जोखिम , सक्रमितको घर–घरमा सेनिटाइज र होम क्वारेन्टाइनमा रहेका सक्रमितलाई तत्व जेवनप्रास, चिनि ,चियापति , सेनिटाइजर र माक्स प्रधान गरेको थियो ।
तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सक्रमणको उच्च जोखिममा रहेको प्रकासपुर क्षेत्रमा प्रकासपुर युबा जमातले सहयोगी दाताहरुको सहयोगमा जोखिम क्षेत्रमा सेनिटाइज, सक्रमितलाइ पोष्टिक तत्व उपलब्ध गराएको हो ।
जमातले सक्रमितको घर–घर र सम्भावित जोखिम क्षेत्र मानिएको प्रकासपुर चौक, बजार र, प्रहरी चौकी, स्वास्थ्य चौकी, सार्वजनिक स्थान सेनिटाइज गरेको थियो । भन्ने होम क्वारेन्टाइनमा रहेका ३८ जना र बिहिबार र शुक्रबार वडा नं ९ का १४ जना सक्रमितहरुलाई घरमै भेटेर पोष्टिक तत्व प्रदान गरेको थियो ।
हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ३८ जना र वराहक्षेत्र ९ मा १४ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने, वडा नं १० मा एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको छ ।