बराहक्षेत्र । नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले गठन गरेको कोरोना भाइरस न्युनिकरण व्यवस्थापन तथा परिचालन समितिलाई कश्यप ऋषि आयुर्वेद आर्या फार्मा ल्याब र एमटेक फर्मा ल्यावले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
नेपाली कांग्रेस सुनसरीका आमन्त्रीत जिल्ला सदस्य समेत रहेका न्यु संगिता मेडिकलका प्रोपाइट सुरेन्द्र प्रसाद गुप्ताको संयोजनमा कश्यप ऋषिका व्यवस्थापन राजिबकुमार देबले ७५ हजार मुल्य वरावरको सेनिटाइजर र ५ सय पिस माक्स , आर्या फार्मा ल्याबले १ हजार टेवलेट भिटामिन सि र एमटेकले उपलब्ध गराएको १५ सय टेवलेट पारासिटामोल सहित स्वास्थ साम्रागी कांग्रेसको अभियानलाई उपलब्ध गराएको सुरेन्द्र प्रसाद गुप्ताले बताए ।
उक्त साम्रागी बुधवार गुप्ताले नेपाली कांग्रेस महासमिति सदस्य वावुराम बिष्टलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङ, अभियानका संयोजक नेपाली कांग्रेस सुनसरी क्षेत्र नं–४ का सचिव रमेश कार्की, नेपाली कांग्रेस वराहक्षेत्र नगर सहसभापति रत्नबहादुर राउत, नेपाली कांग्रेस वडा नं–६ सहसभापति तुलसी श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेसले कोरोना भाइरस न्युनिकरण गर्ने उदेश्य राखेर गठन गरेको अभियानले प्रभावकारी रुपमा काम गरिराखेको र अभियान निरन्तर कोभिड न्युनिकरण नहुजेल सम्म स्वास्थ्य सामाग्रीका लागि पहल गरिराख्ने सुरेस गुप्ताले बताए । यस अगाडि पनि उनले दुई पटक गरेर १५ हजार व्यक्तिगत रुपमा अभियानलाई सहयोग गरेका थिए ।
जेठ ३ गते कांग्रेसले गठन गरेको समितिले हाल सम्म बराहक्षेत्र नगरपालिकाको १ देखि ११ वडामा सक्रमितको घर , सार्वजनिक स्थान र जोखिम क्षेत्र सेनिटाइज गर्दै आएको छ । त्यस्तै क्वारेन्टाइनमा बसेका सक्रमितलाई भेटेर होसला प्रदान , पोष्टिक युक्त खानेकुरा प्रदान , बिरामीहरुको उद्धार, अक्सिजनको व्यवस्थासंगै बिपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाईराखेको छ ।