चतरा । बराहक्षेत्र–१ स्थित औलिया बाबा तथा छिन्नमस्ता संरक्षण मञ्चले दोस्रो दिन बुधबार वराहक्षेत्र २ का २२ बिपन्न परिबारलाई राहत स्वरुप खाधन्न सामग्री सहयोग गरेको छ ।
विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणले निम्ताएको परिथितिले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवार र न्यून आय भएका परिवारलाई खाधन्नको जोह गर्न नै कठिन परिरहेको समयमा मञ्चले पहिलो दिन मङलवार वराहक्षेत्र १ का बिभिन्न टोलका १५ परिवारलाई खाधन्न सामग्री सहयोग गरेको थियो ।
मञ्च अध्यक्ष उदय ठटालका अनुसार २ नम्बर वडाका विभिन्न टोलका २२ परिबारलाई पदाधिकारीहरुको टोलीले घर–घरमा पुगेर खाधन्न सामग्री प्रदान गरेको थियो । राहत सामाग्रीमा चामल, दाल, सोयविन, तेल , नुन, चिउरा र स्वास्थ्य सामाग्री माक्स प्रदान गरेको थियो ।
मञ्चका अध्यक्ष ठटालका अनुसार मनिश तामाङ, श्याम हार्ड वेयर, मधु कुमार राई , शान्ति इन्दु राई लगाएतले गरेको सहयोगबाट राहत स्वरुप खाधन्न सामग्री सहयोग गरिएको हो ।