टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा–६ मधेशामा युवाहरुले ८० परिवारलाई राहत सहित स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका छन् । मधेशा युवा टिमले केही दिनदेखी अति विपन्न परिवार र कोरोना संक्रमितहरुलाई राहत सहित स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका हुन् ।
८० परिवार मध्ये ६० परिवार कोरोना संक्रमित परिवारलाई राहत सहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको मधेशा युवा टिमले जनाएको छ । संक्रमितहरुलाई हर्लिक्स,चयावनप्रास,विस्कुट,मा
२० अति विपन्न परिवारलाई चामल १ बोरा, दाल, साबुन,स्वाहबिन,तेल,नुन,चना र मास्क लगायतको राहत सहित स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको अभियन्ता कार्कीले जनाएको छ ।
मधेशा युवा टिमले मधेशा क्षेत्रमा २ सय ५० जनालाई राहत सहित स्वास्थ्य सामग्री वितरण गरिने लक्षय लिएको जनाएको छ । जसमध्ये अहिलेसम्म ८० जनालाई वितरण गरिसकेको बताइएको छ ।
युवा अभियन्ताहरु उतम कार्की, रवण फूयेल,सुमन विश्वकर्मा,दिनेस कार्की,रमेस घतानी, अनिस रेग्मी, अमित कार्की लगायतको टिमले कोरोना संक्रमित र अति विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा प्रत्यक्ष रुपमा सहभागि भएका छन् ।
मधेशाबाट बिदेशमा रहेका युवाहरुको सहयोगमा राहत तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जनाइएको छ ।
दोश्रो चरणको कोभिड १९ कोरोनाबाट प्रभावित भएका र हातमुख जोडन समस्या भएका परिवार तथा कोरोना संक्रमित व्यक्तिहरुलाई सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । यस अभियानलाई निरन्तरता दिनका लागि मधेशा युवा टिम लागि परेको समेत बताइएको छ ।
बाँकी रहेका १ सय ७० परिवारको पहिचान गरि राहत तथा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने मधेशा युवा टिमले सुनसरी अनलाइनलाई जनाएको छ ।