इनरुवा । उधोग वाणिज्य संघ इनरुवाले कोभिड विरुद्ध खोपको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ ।
कोभिड विरुद्ध खोपको माग गर्दै उधोगा वाणिज्य संघका अध्यक्ष बीरेन्द्र साहले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
उधोग वाणिज्य संघ इनरुवाका साधारण सदस्य सहित व्यवसायका कर्मचारीहरु लगायत ४ चार ५ सय डोज कोभिड विरुद्धको खोप माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
उनीहरुलाई प्राथमिकताको क्रममा राखी कोभिड विरुद्धको खोप उपलब्ध गराई लगाउनुपर्ने उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले ज्ञापन पत्र बुझाउँदै माग गरेका हुन् ।
व्यापारी तथा व्यवसायमा संलग्न रहेका कर्मचारीलाई कोभिड विरुद्धको खोप आवश्यक भएको हुदाँ बिशेष प्राथमिकतामा राखी छिटो भन्दा छिटो उपलब्ध गराई खोप अभियान संचालन गर्नुपर्नेमा अध्यक्ष साहले जोड दिएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले ज्ञापनपत्र बुझदै उधोग वाणिज्य संघले उठाएको मागलाई गम्भिरतापूर्वक हेर्ने गरी प्रदेश सरकारसँग कोभिड विरुद्धको खोप माग गरिएको बताए ।