Sunday, June 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

‘एनआरएन द सिङ्गर’मा भाग लिन आह्वान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २७, २०७८
in मनाेरञ्जन
‘एनआरएन द सिङ्गर’मा भाग लिन आह्वान
65
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

एनआरएनएले आयोजना गर्न लागेको ‘एनआरएन द सिङ्गर’ कार्यक्रममा बाँस्कोटा एकजना निर्णायकका रुपमा छन्। ‘एनआरएनएले विश्वभरि छरिएर रहेका नेपाली प्रतिभाको खोजी गरिरहेको छ,’ उनले भने ‘म सबैजनालाई यो मञ्चमा सहभागी भएर आफ्नो प्रतिभाको पहिचान गर्नका लागि आह्वान गर्दछु।’

उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भएपनि आफूसँग भएको कला भने ‘कालजयी’ हुने पनि बताए । यही जुन महिनाको २१ देखि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले ‘एनआरएन द सिङ्गर’ का लागि डिजिटल अडिशन सुरू गर्ने भएको छ।

नेपाली भाषी कलाकारहरुको पहिचान’

प्रवासमा रहेका नेपाली भाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन् । उनका अनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ। यो अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुनेछ र नेपाली टेलिभिजनहरूबाट पनि प्रसारण हुनेछ।

यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ । प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहमा बोल्दै वरिष्ठ सङ्गीतकार तथा प्रतियोगिताका निर्णायक बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे।

श्रोत:www.news24nepal.tv

Share26Tweet16SendScan
Previous Post

उधोग वाणिज्य संघद्धारा ज्ञापन पत्र

Next Post

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In