इनरुवा । दोश्रो भेरियन्ट सहितको कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्नका लागि फ्रन्ट लाइनमा काम गर्दै आएका भोक्राहा प्रहरीलाई सुनौलो बिहानी सामुदायिक सिकाई केन्द्रले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
सुनौलो विहानी सामुदायिक सिकाइ केन्द्र भोक्राहा नरसिंह–४ ले भोक्राहा प्रहरी चौकी अकाहालाई स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएका हुन् ।
कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि सो संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको सुनौलो विहानी सामुदायिक सिकाइ केन्द्र भोक्राहा नरसिंह–४ का अध्यक्ष सुनिल साहले बताएका छन् ।
जनताको सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीलाई कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष साहको भनाई छ ।
सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सिकाई केन्द्रले शान्ति सुरक्षा प्रदान गर्ने र कोरोनाको महामारीको बेला अहोरात्र खट्ने सुरक्षाकर्मीहरुका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष साहले जानकारी दिए ।
भोक्राहा प्रहरी चौकी अकाहालाई मास्क पाँच सय थान, ५ लिटर सेनिटाइजर, १० वटा फेस शिल्ड, १० वटा एन नाइटीफाइब मास्क, एक १ दर्जन साबुन लगायतको स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको संस्थाका कार्यक्रम संयोजक सुवालाल मेहताले बताए ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सुनौलो बिहानी सामुदायिक सिकाइ केन्द्रका सदस्य रुस्तुम अन्सारी, पूर्व संविधान सभा सदस्य सुर्यदेव दास उराँव,भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम मियाँ, ४ का वडाध्यक्ष हारुन अन्सारी, नेपाल रेडक्रस उपशाखा भोक्राहाका सभापति युवराज दाहाल, समाजसेबी अजमल आजाद, हरिगोविन्द यादव, महेन्द्र यादव, लक्ष्मण मेहता, सेराज हुसैन, लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।