इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा आगलागी हुदाँ २२ लाख बराबरको क्षति भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ का हाजी एहसान साहब अन्सारीको गोठघरबाट आगलागी हुदाँ चारवटा घर जल्दा २२ लाख बराबरको क्षति भएको हो ।
मंगलवार अन्दाजी साढे तीन बजेतिर आगलागी हुदाँ भोक्राहा नरसिंह गाउँपालिका–२ का हाजी एहसान साहब अन्सारीको एकवटा गोठघर, रुतम अन्सारीको एकवटा घर, रसिद अन्सारीको एकवटा घर र तनवीर अन्सारीको एक वटा घर गरि चारवटा घर पूर्णरुपले जलेर नष्ट भएको हो ।
चारवटा घर पूर्णरुपले जलेर नष्ट भएको हो भने घरमा रहेका सम्पूर्ण सरसमानहरु पनि पूर्णरुपले जलेर नष्ट भएको स्थानीहरुले बताएका छन् । उनीहरुको घरमा रहेको खाद्यन्न सामग्री, लताकपडा, भाडाकुडा, नागरिकता लगायतको कागजातहरु जलेर नष्ट भएको अग्निपीडितहरुले बताएका छन् ।
कोसी गाउँपालिका र इनरुवा नगरपालिकाको बारुण यन्त्र, जनपथ प्रहरी, स्थानीहरुको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
अग्निपीडितहरुलाई क्युआरसी भोक्राहा नरसिंहका टिमले २५ केजी चामल, ५ केजी आलु, ५ प्याकेट खानेतेल, ५ केजी दाल, १० केजी पिठो, ५ प्याकेट सोयाबिन, ५ प्याकेट नुन, ५ केजी चुरा, ५ केजी भुजा लगायतको राहत सामग्री उपलब्ध गराएको थियो ।
त्यसैगरि नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पनि अग्निपीडितहरुलाई २ वटा कम्वल, २ त्रिपाल, खाना पकाउने भाडाकुडा, लताकपडाका राहत सामग्री उपलब्ध गराएको थियो ।
नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालले राहत प्याकेज अनुसार तत्काल उनीहरुलाई घरमा पुगेर राहत सामग्री प्रदान गरेको बताए ।
क्युआरसी भोक्राहा नरसिंहकी संयोजक आफिया बानो, सहसंयोजक मुनाफ हसन, सचिव आलम गिरसिद्दिकी, हेल्थ व्यवस्थापनका इनामुल हक, गौरव पौदार, सरवर अन्सारी, मनोसमाजिक परामर्शकर्ता मोविल आलम, खालिद आलम हुसैन लगायतका टिमले राहत सामग्री अग्निपीडितहरुलाई उपलब्ध गराएको थियो ।