चतरा । वराहक्षेत्र नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना अनुसार नगरका बिपन्न परिवारहरुलाई दुहना गाई बितरणमा बिचौलीया हाबि भएको पाईएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका शेरबहादुर खत्रीको गोठको गाईलाई अर्के व्यक्तिले अनुदान लिने प्रकृया अगाडि बढे पछि बिचौलीया काण्ड बाहिर आएको हो । यस अगाडि पनि वराहक्षेत्र ९ मा जनप्रतिनिधिहरुले आफु निकट व्यक्तिलाई अनुदानको गाई बितरण भएको कुरा सार्बजनिक भएको थियो ।
पुलाहाका खत्रीको गोठमा एउटा बकेर्नौ जर्सि गाई छ । त्यो गाई खत्रीले एक बर्ष अगाडि खरिद गरेर ल्याएका थिए । तर त्यो गाईको भर्खर नगरपालिकाको टोलीले बिमा समेत गरेको छ । गाईको कानमा १००१८ नम्बरको टयाग लागेको छ । तर बैधानिक रुपमा त्यो गाई अरु नै कसैको नाममा बिमामा दर्ता गरेको छ ।
फर्जी रुपमा गाई देखाएर अरुले नै नगरपालिकाको अनुदान लिने प्रकृया गरेको खत्रीले बताएका छन् । उनले उनकै छिमेकी बालकृष्ण बिष्टको सल्लाह बमोजिम ५ हजारको प्रलोभन देखाएर बिमाको टोलीलाई आफ्नो गाई अरुकै भनेर अनुदान लिन प्रकृया अगाडि बढाएको शेरबहादुर खत्रीले बताए ।
उनले भने, ‘मेरो गोढोको गाई मैले कसैलाई बेचेको पनि छुइन ।’ तर सरकारी रकम लिन अरुले प्रयोग गरे । गाई मेरो गोठमा छ , गाई मेलै गत बर्ष किनेको हो , आफूले नै स्याहार गर्छु तर अनुदान अरुले खाँदैछ । मैले नै अनुदान पाउनु पर्छ उनले भने ।
यता गाई अनुदान पाउने किसानले रकम नपाएको र यस्तो भएको भए छानबिन गरिने पशु साखा अधिकृत विमल अधिकारीले बताए । कसैले अनुदानको रकम नपाएको र प्रकृया पूरा भएका मात्र परिवारले रकम पाउने तथा पुर्न अनुगमन गर्ने अधिकारीले बताए ।
वराहक्षेत्र ८ का वडाध्यक्ष फडिन्द्र भट्टराईले वडामा सर्जमिन गरेर मात्र रकम उपलब्ध गराउने बताए । बिभेद र अनियमितता वडामा हुन नदिने उनले दाबि समेत गरे ।