इनरुवा । सुनसरीको इनरुवा–८ डुम्राहामा बाढीबाट डुबानमा परेका ३७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
इनरुवा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रबिन्द्र कुमार मण्डलले बाढीबाट डुबान भएका घरपरिवारको निरीक्षण गरी ३७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
इनरुवा–८ डुम्राहाका ३७ घरपरिवारलाई जनही १ प्याकेट भुजा, बिस्कुट, भुजिया, चाउचाउ र पानी लगायतका राहत सामग्री वितरण गरिएको छ ।
इनरुवा–८ का वडाध्यक्ष मण्डलको सहयोगमा डुम्राहाको गहिरा टोलका ३४ घर उराँव र १ एक घर मेहता घर तथा सरस्वती टोलको २ उराँव घर सहित ३७ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएका छन् ।
शुक्रवार राती आएको बाढीबाट उनीहरुको घर डुबानमा परेका कारण शनिवार इनरुवा–८ का वडाध्यक्ष मण्डलले निरीक्षण पश्चात् तत्काल राहत सामग्री उपलब्ध गराएको बताए ।
इनरुवा–८ डुम्राहा बासीका लागि वडाध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका कामहरुमा चासो राख्दै आएको बेला विपदको समयमा पनि जनताको साथमा रहेको प्रति स्थानियले उनलाइ कार्यक्रम स्थलमै धन्यबाद समेत दिए ।
सुनसरी खोलामा आएको बाढीले इनरुवा–८ डुम्राहाको गहिरा र सरस्वती टोलका ३७ परिवारको नामावली संकलन गरी वडाध्यक्ष मण्डलले उनीहरुको घर–घरमा पुगेर राहत वितरण गरेका हुन् ।
वडाध्यक्ष मण्डल युवा नेता भएकाले जनताको मर्म र भावना अनुसार सो वडामा काम गरिरहेको हुदाँ सो वडाका जनप्रिय नेताका रुपमा समेत परिचित छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर इनरुवा–८ डुम्राहामा वडाध्यक्ष पदमा बिजय भएको चार वर्ष वितिसकेको छ ।
जनताको समस्यामा सदैव साथ र सहयोग गर्ने लोकप्रिय युवा नेताका रुपमा चर्चामा आएका वडाध्यक्ष मण्डलले जनताको दुःख सुखमा साथ दिइरहेको स्थानीयबासीहरु बताउँछन् ।
कोभिड १९ को महामारीको बेलामा पनि जनताको साथमा रहेर कोरोना संक्रमित बिरामीलाई पूर्ण रुपले सहयोग गरेका थिए ।