इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा बाढी पीडितहरुलाई अल ईस्लाह ऐजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले राहत वितरण गरेको छ ।
सोसाईटीको भोक्राहा नरसिंह–५ सुनसरीको कार्यालयबाट भोक्राहा नरसिंह–७ का करिब दुई सय परिवारलाई राहत वितरण गरेको संस्थाका उपाध्यक्ष शबिब आलमले जानकारी दिए ।
आलमका अनुसार नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युबराज दहाल, नेकपा एमालेका राजकुमार मेहता, जनता समाजवादी पार्टीका महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका गाउँ कमिटि अध्यक्ष हेमनारायण मण्डल, ,राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिका कमिटि संयोजक रमेश कुमार यादव सहितको उपस्थितीमा राहत वितरण गरेको छ ।
बाढी पीडितलाई वितरण गरिएको राहतमा सहयोग गर्नेहरुमा हारिस फलाही, हमजा अन्सारी, समिम मियाँ, सलमान अन्सारी, सद्दाम हुसैन अन्सारी, लुकमान अन्सारी, नौशाद असफाक, मेहयुद्दीन मन्सुरी, होजेफा अन्सारी, अफताब आलम, वक्कार आलम , जमाल मन्सुरी,शब्बीर आलम, अकमल हुसैन, जफर आलम रहेका छन् ।
बाढी पीडितहरुलाई प्रति परिवारलाई ३ केजी भुजा, ५ केजी चिउरा र १ पाकेट भुजीया वितरण गरेको आयोजकले जनाएको छ ।