हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाको आफनै भवन निर्माणका लागि हरिनगरका झगेन्द्र प्रसास लोहनी(कुमोद)ले ४ कठ्ठा जग्गादान गरेका छन् ।
हरिनगर गाउँपालिकाको आफनै भवन नहुदाँ भाडाको घरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको बेला हरिनगर गाउँपालिका वडा नम्बर–४ का झगेन्द्र प्रसाद लोहनी(कुमोद)ले हरिनगर गाउँपालिकाको नाममा दान पत्र गरेर पास गरेका हुन् ।
एक वर्षको अथक प्रयासपछि हरिनगर गाउँपालिकाको नाममा असार २१ गते मालपोत कार्यालय इनरुवामा झगेन्द्र प्रसाद लोहनीले पालिकालाई निःशुल्क जग्गादान गरेका हुन् ।
झगेन्द्र उर्फ कुमोद लोहनीले हरिनगर गाउँपालिकाका जनताका लागि सेवा सुविधा पाउने गरी हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रको उतरपट्टि मेन रोडको पश्चिम साइडमा ४ कठ्ठा जग्गा पालिकाको नाममा जग्गादान गरेको बताए । हरिनगरन–७ (ख) किता नम्बर १७४० को ०–४–० कठ्ठा जग्गा पालिकाको नाममा लोहनीले दान गरेको उनले बताए ।
झगेन्द्र उर्फ कुमोद लोहनी हरिनगर–४ को नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् । लोहनी समाजसेवीसँग नेपाली कांग्रेसको राजनीतिकमा अहम भूमिका खेल्ने क्रियाशिल नेताका रुपमा चिनिन्छ । लोहनी हाल बिराटनगरमा बस्दै आएका छन् । हरिनगर–४ का मतदाता समेत रहेका लोहनी केही वर्ष अघि साविकको हरिनगरा गाउँ विकास समिति वडा नम्बर–७ निवासी हुन् ।
हरिनगर गाउँपालिकाको नाममा निःशुल्क जग्गादान गर्न नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठको पहलबाट एक वर्ष पछि पालिकाकै नाममा जग्गा पास भएपछि आउने वर्षमा भवन निर्माण कार्य पनि सुरु हुनेछ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनतासँग अध्यक्ष कार्यक्रम मार्फत हरिनगरा बजारमा जग्गाको लागि पहल गरिदिनका लागि हरिनगर–४ का वडाबासीलाई अनुरोध गरेका थिए । अध्यक्ष अन्सारीको सकारात्मक सोचका कारण हरिनगर कांग्रेसका सभापति शिवहरीको अथक प्रयास सफल भएको छ ।
अध्यक्ष अन्सारीले गाउँपालिकाको नाममा ४ कठ्ठा जग्गा पास भएकोले आउने वर्षदेखी भवन निर्माण कार्य सुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जग्गादाता लोहनीले पालिकाको नाममा करोडौं रकम बराबरको जग्गा निःशुल्क प्रदान गरेकोमा अध्यक्ष अन्सारीले लोहनी सहित उनका परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।
हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्काले पालिकाको नाममा जग्गा दिएको हुनाले जग्गादाता लोहनीलाई कदर पत्र प्रदान गरेर सम्मान गर्ने समेत बताए ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्का, वडा नम्बर–४ का वडाध्यक्ष सुदीलाल मेहता, वडा सदस्य राजेश कुमार पाल लगायतको जनप्रधिनिधिको जग्गा प्रदान गराउन भूमिका रहेको छ ।
नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठले धेरै मेहनत गरेर लोहनीसँग समवन्य तथा पहल गरेपछि पालिकालाई जग्गा उपलब्ध भएको हो ।