Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

वराहक्षेत्रमा कांग्रेस महाधिवेशनको रौनक

व्यवस्थापन समिति गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २६, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
वराहक्षेत्रमा कांग्रेस महाधिवेशनको रौनक
70
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक सुनसरीको वराहक्षेत्र नगरपालिकामा देखिन थालेको छ । वडा तहदेखि केन्द्रसम्मका पदमा नेतृत्व र प्रतिनिधित्व गर्ने नेताहरु तयारीमा व्यवस्था भइ रहदाँ वराहक्षेत्र नगरपालिकाका दुई वटा वडामा महाधिवेशन सफल पार्ने व्यवस्थापन समिति समेत गठन भएको छ ।

साउन १२ गते हुने वडा अधिबेशनलाई लक्षित गर्दै वडा नं १ र २ ले महाधिवेशन व्यवस्थापन समिति गठन गरेका हुन् । क्रियाशिल नविकरण र बितरणमा कुनै बिवाद नभएको दुई वटामा सर्वसम्मत रुपमा महाधिवेशन व्यवस्थापन समिति गठन भएको छ ।

नविकरण भएको ६४ र नयाँ एक सय १७ गरेर वराहक्षेत्र–१ मा एकसय ८१ जना क्रियाशिल रहेको वडामा १४ औं महाधिवेशनलाई सफल पार्ने वडा अधिवेशलाई केन्द्रीत गर्दै लोकबहादुर दाहालको संयोजकत्वमा व्यवस्थापन समिति र दिनेश घिमिरेको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ । शनिवार वडा नम्बर–१ मा सभापति ईश्वर थापाको अध्यक्षतामा वसेको बैठकले सो निर्यण गरेको हो ।

शनिवार नै वडा नम्बर–२ मा सभापति प्रदिप बस्नेतको अध्यक्षतामा बसेको बैठकले पनि वडा अधिवेशनलाई सफलता पुर्बक सम्पन्न गर्ने ब्यवस्थापन समिति गठन गरेको छ । नगर सभापति नारायण नेपाल , जिल्ला सदस्य दिपेशजंग बस्नेत,महाधिवेशन प्रतिनिधि हमरबहादुर परियार लगायतको उपस्थितिमा बसेको बैठकले युवराज भट्टराईको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको हो ।

बराहक्षेत्र–२ मा नविकरण भएका एकसय ३२ र नयाँ एकसय ४० गरेर दुईसय ७२ जना क्रियाशिल सदस्य रहेका छन् ।
बोलबम धर्मशालामा आयोजना भएको बराहक्षेत्र–१ को बैठकमा नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका केन्द्रीय सदस्य मिनबहादुर बिश्बकर्मा, नेपाली कांग्रेसका नेता तथा प्रदेश–१ का निवर्तमान प्रदेश प्रमुख गोबिन्द सुब्बा, नेपाल दलित संघका केन्द्रीय सदस्य गोबिन्द परियार, महाधिवेशन प्रतिनिधि समेत रहेका बराहक्षेत्र–१ का वडाध्यक्ष सुरेश श्रेष्ठ लगातको समेत उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्नकर्माले अधिवेशन हुने कुरामा कुनै शंका नरहेको बताए । उनले अधिबेशनलाई उत्सबको रुपमा लिन समेत आब्हान गरेका थिए । उनले भने, ‘नेपालबाट कम्युनिस्ट बिस्थापित गर्ने जिम्मा कांग्रेसको हो ।’

त्यसकालागि हामी एक हुनु पर्छ । हामी बिचका तिक्कता हट्नु पर्छ । १४ औं महाधिवेशनमा सबै तहमा कार्यक्रमदेखि केन्द्रीय तहमा नेताहरुले हार्दिकताका साथ प्रतिस्पर्धा गर्नेु पर्छ । नेपालबाट कम्युनिस्टलाई बिस्थापित गराउने जिम्मा कांग्रेस र कांग्रेसलाई जिताउने जिम्मेवारी कांग्रेसका तल्लो तहका आम क्रियाशिल सदस्यहरुको भुमिका रहने उनले जिकिर गरे ।

कोरोना भाइरस , बाढि पहिरो र केपि ओलीले निम्ताएको असबैधानिक कदमबाट उत्पन्न परिस्थितिका कारण महाधिवेशन हुने कुरामा केही समस्या रहेता पनि अधिबेशन हुने कुरामा कुनै शंका गर्ने विश्बकर्माले दाबि गरे । उनले भने, “हार्दिकताका साथ प्रतिस्पर्धा गरौं , तिक्कताले हैन” भन्ने मुल नारा लिएर महाधिवेशन गर्नु पर्छ ।

६० प्रतिशत स्थान र पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सके मात्र कांग्रेसमा थप उत्साह आउने अनि मात्र आम निर्वाचनमा कांग्रेस बिजय हुन्छ । अधिवेशनमा राम्रा मान्छे अगाडि बढ्न समेत उनले आग्रह गरेका थिए ।

साउन १२ गते वडा अधिवेशनबाट सुरु नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भाद्र १६–१९ गते सम्म काठमाडौमा हुदैछ । यस बिचमा साउन १६ गते पालिका , साउन २० गते क्षेत्रिय प्रदेश सभा , साउन २३ गते संघिय निर्वाचन क्षेत्रिय अधिवेशन एक निर्बाचन भएको जिल्लामा , साउन २६ गते जिल्ला अधिवेशन एक निर्वाचन क्षेत्र भन्दा बढि जिल्लामा र भाद्र १ र २ गते प्रदेश अधिवेशनको मिति संशोधन गरेर केन्द्रीय समितिले मितिको निर्धारण गरेको छ ।

 

Share28Tweet18SendScan
Previous Post

इनरुवा नगरपालिकामा धर्ना

Next Post

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In