इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले देशभरकै पत्रकारहरुको हकहितका लागि आवाज उठाएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत रहेको नेपाल प्रेस युनियन इनरुवाले कोरोना कहरका कारण पत्रकारिता क्षेत्रमा परेको असर न्यूनीकरण गर्न आवाज उठाएको हो ।
कोरोना कहरका कारण सवै क्षेत्र प्रभावित भईरहेको अवस्थामा पत्रकारिता क्षेत्र समेत यसबाट अछुतो रहन नसकिरहेको बताउदै नेपाल प्रेस युनियन इनरुवाका सभापति टोमराज मेहताले त्यहीँ कुरालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघलाई सदस्यता नविकरण छुट गरिदिन ज्ञापनपत्र मार्फत आग्रह गरेको बताए ।
नगर सभापति मेहताले कोरोना कहरका कारण कतिपय पत्रकारहरु समेत आर्थिक संकटमा परिरहेको समयमा सदस्यता नविकरण शुल्क छुटको माग राख्दै महासंघलाई ज्ञापन पत्र वुझाएका हुन ।
नेपाल प्रेस युनियन इनरुवा शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमद मार्फत केन्द्र, प्रदेस सचिव देवेन्द्र कार्की र सुनसरी महासंघका अध्यक्ष जनकऋषि राईलाई आइतबार ज्ञापन वुझाएको हो ।
सो ज्ञापन पत्रमा कोरोनाका कारण कतिपय पत्रकारहरुले ज्यान गुमाएको , कतिपय अझै सक्रमित रहेका तथा कतिपय पत्रकारहरुले रोजगारी गुमाएको कारण पत्रकारहरु समेत आर्थिक संकटमा परेकाले देशभरकै महासंघका सदस्यता नविकरण शुल्क छुटको माग गरिएको उल्लेख छ ।
कोरोनाका कारण ज्यान गुमाउने पत्रकारहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत ज्ञापन पत्रमा गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमदले ज्ञापनपत्र बुझदै विषय सान्दर्भिक र श्रमजीवी पत्रकारका पक्षमा रहेको कारण यसलाई कार्यान्वयन गराउन आफू केन्द्रीय समितिमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल प्रेस युनियन इनरुवा नगर कार्य समितिको ज्ञापन पत्र जस्ताको त्यस्तै ।