Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरीमा ६ महिनामा ४५ वटा बलात्कारका घटना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २८, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरीमा ६ महिनामा ४५ वटा बलात्कारका घटना
42
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । इन्सेकले चालु वर्षको २०२१ जनवरीदेखी जुनसम्म ६ महिनाको अधिका राज्यबाट ६ वटा र गैर राज्यबाट ७७ वटा गरि ८३ वटा घटनाहरु अभिलेख गरिएको विवरण सार्वजनिक गरेको छ ।

इन्सेकले सोमबार सुनसरीको सदरमुकाम इनरुवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ढको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीका संयोजक मेघराज न्यौपानेको अध्यक्षता र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधकारी उमेशकुमार ढकालको प्रमुख आथित्य तथा प्रहरी नायव उपरीक्षक (डिएसपी नरेन्द्रकुमार कार्कीको विषेश आथित्य र सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न गरिएको जनाएको छ ।

जिल्ला प्रतीनिधि जयकृष्ण यादवले संकलन गरेको सबै घटनाहरुलाई सुक्ष्म अध्ययन गरी पीडितको गोपनीयता राख्नुपर्ने भएकोमा सोको समेत ख्याल गरिएको जानकारी दिनुभयो ।

विववरण अनुसार विगतको तुलनामा मानव अधिकारको अवस्थामा सुधार भएको जनाएको छ । द्धन्द्धको जस्तो हत्या हिसाँ कम भएपनि बलात्कार, यौनजन्य हिसाँ, बहुविवाह, घरेलु हिसाँको घटनामा वृद्धि भएको जनाएको छ । मानव अधिकारको कुरा गर्दा नागरिक अधिकार, सम्मानित रुपले बाँच्न पाउने अधिकार, राजनीतिक अधिकार, अभिब्यक्ति,भेला तथा संगठित हुने अधिकार लगायतको पूर्ण प्रत्याभुती गर्न भने नागरिकले नपाएको उल्लेख गरिएको छ । वर्ष पुस्तकका लागि सुनसरीको समेत घटनाहरु समावेश हुने भएकाले त्यसका लागि अर्धवार्षिक पूर्व समिक्षा गरिएको हो । यस समिक्षामा इन्सेक प्रतिनिधिले संकलन गरेको घटनाहरु प्रस्तुत गरिएको थियो ।

इन्सेकले यो वर्षको पुस १७ गतेदेखी असार १७ गतेसम्मको घटनामा राज्य पक्षबाट ६ वटा घटना भएको जनाएको छ । प्रहरीबाट यातना र कुटपिट ३ वटा(भुटाहामा पसल संचालक, इनरुवामा सिटि चालक र उजुरी दिन आएका देवानगञ्जका एक नागरिक), भोक्राहा नरसिंहका गापा अध्यक्षद्धारा किसोरी बलात्कार, इनरुवा ९ बबियाका कार्यालय सहयोगीद्धारा बाल यौन दुरुपयोग) र हरिनगर माविमा शिक्षकद्धारा विधार्थीं माथि यातना) भएको छ । त्यसैगरी गैर राज्य पक्षबाट बलात्कारका ४५ वटा र बाल यौन दुरुयोग ४ वटा, यौन दुरुपयोग ६ वटा , बालविवाह ३ वटा(देवानगञ्ज, भोक्राहा र इटहरीमा)ं, बहुविवाह १० वटा, पत्रकारलाई धाकधम्की २ वटा(दिपेन्द्र यादव र विवेक मेहतालाई), हत्या २ वटा (धरान र रामधुनी), भएको उल्लेख गरिएको छ ।

सरकारी कर्मचाारी र सम्पतीमा आक्रणममा २ वटा (धरानमा प्रहरी चौकीमा तोडफोड प्रयास र बर्जु १ मा प्रधानाध्याक कन्चन मण्डल माथि आक्रमण), गर्भपतन १ वटा, मानव बेचविखन तथा ओसारपसराका १ वटा रहेको जनाएको छ । (बलात्कार तथा यौन दुरव्यवहार पीडितमा १० वर्ष मुनीका ४ जना , १० देखी १८ वर्षका ३० जना र १८ देखी २८ वर्षका १३ जना, २८ देखी ३८ वर्षका ४ जना र सो भन्दा माथिका ३ जना छन् ।) बलात्कारका घटनामा बुवाद्धारा छोरी माथि बाल यौन दुरव्र्यवहार २ वटा गरेको प्रतवेदनमा भनिएको छ ।

कार्यक्रममा अधिकारकर्मी तोया गिरीले स्वास्थ्य सेवाको अवस्था, प्रहरीको काम कार्वाहीमा विचौतीया हावी भएकाले त्यसमा सुधारको आवश्यक रहेको सुझाव दिनुभयो । त्यसैगरी चुन्नी खातुन सोनीयाले अधिकारकर्मीहरुलाई खोपको व्यवस्था गर्नुपर्ने, बलात्कारको घटनामा लागु औषध कारक रहेकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पत्रकार अजमल अंसारीले जिल्लामा ६ ओटा सरकारी अस्पताल, चार ओटा सामुदायिक अस्पताल, ४९ ओटा स्वास्थ्य चौकी, पाँच ओटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ( दुईवटा अस्पतालमा परिणत भएको), ६२ ओटा नगर स्वास्थ्य केन्द्र रहेकोमा जनशक्ती अभाव भएको र रहेको जनशक्तीले पनि समयसम्म काम नगरेकाले त्यसा सुधारको खाचो रहेको औल्याउनुभयो । त्यसैगरी मानव अधिकार समूहका कोशी अध्यक्ष अनिता उराावले सदरमुकामस्थित सरकारी अस्पतालमा नौ जना विशेषज्ञको दरबन्दीमा आठ जनाको दरबन्दी रिक्त रहेकाले त्यसमा पदपुर्तीका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

स्काउटका भोक्राहा नरसिंह संयोजक रमेश कुमार यादवले नेपालको संविधानको भाग ३ को ३१ वटा मौलिक हकको समेत यहाँका नागरिकले पूर्ण उपभोग गर्न नपाएकोले नागरिक र मानव अधिकारमैत्री काम गर्ने प्रतिवद्धाको खाचो अझै देखिएको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, आनन्द पौडेल, अधिकारकर्मी रविन कुमार घिमिरे, चुन्नी खातुन, नविनचन्द साह, पुरुषोत्म घिमिरे, ममता कुमारी उराँव, हेमनारायण मण्डल, अनिता उराँव, विनिता दाहाल, राजकुमार शर्मा, सरस्वती लुईटेल, पत्रकार लुकमान अंसारी र रमेश कुमार यादव सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवलाई सरोकारबालाहरुले आत्महत्या न्युनिकरणको बारेमा ध्यान दिनुपर्ने, लागु औषध न्युनिकरणमा ध्यान दिनुपर्ने र प्रहरीको विरुद्धमा आउने विषयमा सुक्ष्मअध्ययन गरेर मात्रै सवाल ल्याउन आग्रह सहित सुझाव दिएका थिए ।

 

Share17Tweet11SendScan
Previous Post

सर्वोच्च अदालतको फैसलाको इनरुवामा स्वागत

Next Post

हरिनगर र बराहक्षेत्रमा दीप प्रज्जवलन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगर र बराहक्षेत्रमा दीप प्रज्जवलन

हरिनगर र बराहक्षेत्रमा दीप प्रज्जवलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In