इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ ।
सर्बोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएसँगै खुशयाली मनाएका छन् । देशभरनै कांग्रेसले दीप प्रज्जवलनसँगै खुशयाली मनाइरहदाँ सुनसरीको हरिनगर गाउँपालिका–४ को बजार क्षेत्र र वराहक्षेत्र नगरपालिकाको चक्रघट्टी तथा प्रकासपुरमा कांग्रेसले दीप प्रज्जवलन गरेर सर्वोच्च अदालतको निर्णयलाई स्वागत् गरेको हो ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुशयालीमा हरिनगर–४ को बजारमा र वराहक्षेत्र–६ चक्रघट्टि स्थित बुधबारे चौकमा ‘सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्ज्वलन गरेका थिए ।
नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठको नेतृत्वमा हरिनगर क्षेत्रमा दीप प्रज्जवलन गरी दिपावली समेत मनाएका थिए ।












