हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ को दलित बस्तीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको छ ।
क्युआरसी हरिनगर गाउँपालिकाको आयोजना र क्युआरसी मोरङको सह–आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
हरिनगर–४ को ऋषिदेव टोलमा निःशुल्क स्वास्थ्य शिविरमा ७१ जना सर्वसाधारणले सेवा पाएका थिए । हरिनगर–४ को ऋषिदेव टोलमा केही दिनदेखी झाडापखाला लगायतका बिभिन्न रोगका बिरामीको चाप बढन थालेपछि क्युआरसी हरिनगरले समयमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सेवा प्रदान गरेको छ ।
शिविरमा रुघाखोकी, ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, निमोनिया र झाडापाखाला लगायतका बिरामीहरुलाई चेकजाँच गरी निःशुल्क औषधी समेत वितरण गरिएको आयोजकले जनाएको छ ।
शिवशान्ति पोलिक्लिनिक प्रालिका संचालक तथा क्युआरसीका स्वास्थ्य संयोजक जयप्रकाश मेहता, विना मेडिकल हलका राजेश भगत, जिभा हेल्थका दीपक झा, मेडिकल पर्सनमा अनुशा भट्टराई र दीपल बन्जारा लगायतकाले बिरामीहरुलाई चेकजाँच गरी औषधी वितरण गरेका थिए ।
क्युआरसी हरिनगर गठन भएपछि समाजिक क्षेत्रमा कार्य गर्न जोस जागरका साथ लागि परेको छ । हरिनगर गाउँपालिका स्तरीय क्युआरसीले गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभ मिलेको क्युआरसीका रन्जित मेहताले जानकारी दिए ।
यस अघि क्युआरसी हरिनगरले रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।