Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ५, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?
60
SHARES
Share on FacebookShare on Twitter

मुनाफ हसन ।
इनरुवा । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकर ईद ईद ऊ जोहा’ अथवा ‘ईद उल अधा’, धेरै नामले विश्वभरिका मुसलिम समुदायले बकर ईद पर्व हार्षोल्लासका साथ मनाँउदै छन् ।
ईस्लाम पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको जिल हिज्जा महिनाको १०,११,१२ औं दिन यो पर्व मनाइन्छ । सुनसरी लगायत आसपास जिल्लाहरुका मुस्लिमहरुले हार्षोल्लासका साथ मनाउने ईदुल अजहा अर्थात बकर ईदको तयारी सम्पन्न गरिसकेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा लगायत आसपासमा रहेका दुहबी नगरपालिका, धरान उपमाहानगरपालिका,बराहक्षेत्र नगरपालिका ,हरिनगर , देवानगञज ,भोक्राहा नर्सिङ, कोसि , बर्जु गाउँपालिका लगायतका सम्पूर्ण मुस्लिम धर्मावलम्वीहरु ईदुल अजहा अर्थात बकर इदको लागि कुर्वानी (बली) दिन करिब (२०) हजारबढी पशुहरु भित्र्याइएको अनुमान छ ।
मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उँटको कुर्वानी दिने चलन रहेको छ । यो दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् ।
नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना सम्पूर्ण मित्र साथीभाईहरुलाई अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् ।
बहुभाषिक, बहुधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
बक्र इद रमजानको पवित्र महिनाको करिब ७० औं दिनमा बकर ईद, बलिदानको चाड आउँछ। बकर ईदलाई बकरीद, ईद उल जुहा वा ईद उल अजहा पनि भनिन्छ।
बकरा ईद मुस्लिमहरुको दोस्रो सबैभन्दा महत्वपूर्ण चाड हो। तीन दिनसम्म मनाईने यो पर्वमा हज (तीर्थ) र कुर्वानी (बली) गर्नुपर्ने प्रमुख विषेशता छ । बकर ईदमा इस्लाम धर्मावलम्वीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वली कुर्वानी दिने प्रचलन रहेको मुस्लिम धर्मगुरु मौलाना आफ्ताब खानले जानकारी दिनु भयो ।
यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द” र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन् ।
उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्” यसपाली कोरोना भाइरस (कोभिड-१९)ले गर्दा नेपालीहरु हज गर्न जान न सकेको र कोरोना भाइरस (कोभिड-१९)ले गर्दा यसपटक ईदुल अजहाको नमाज इदगाहामा न गइ आ-आफनो घरमा पढन नेपाल सरकारले आग्रह गर्दै नेपाल सरकारले सार्बजनिक बिदा समेत दिएका छन् ।
नमाज पढी सकेपछि मुस्लिम धर्मावलम्बीहरु आफ्नो क्षमता अनुसारको कुरबानी अर्थात् बली दिने गर्दछन् । पैगम्बर हजरत इब्राहिम अलैहिस्सलामको विशेष अगमवक्ताहरु मध्ये एक हो। यो भनिन्छ कि अल्लाहले हजरत इब्राहिम अलैहिस्सलामलाई आफ्नो सबैभन्दा प्रिय कुरा बलिदान गर्न किनकि हजरत इब्राहिमको एक मात्र छोरो थिए जसको नाम इस्माईल थियो।
जसलाई उनी धेरै माया गर्थे, किनकि यो बच्चा उसको बुढेसकालमा जन्मेको थियो। तर अल्लाहको आदेश पछि, वहाँ बलिदान गर्न राजी हुनुभयो। जब हजरत इब्राहिम आफ्नो छोरालाई बलि दिन घर देखि टाढा जङ्गल तिर लियेर गाइरहेका थिए जादै जादा इब्राहिम अलैहिस्सलामले बाटोमा शैतानलाई भेट्टाए शैतानले इब्राहिम अलैहिस्सलाम संग भने कि तपाईको एक मात्र छोरा छ, यदि तपाईले यो छोरालाइ बलिदान गर्नुभयो भने बुढेसकालमा तपाईको सहयोगी तपाइको सहारा को बन्छ ? इब्राहिम अलैहिस्सलामले भन्नु भयो यो अल्लाहको आदेश हो र म अल्लाहको आदेशलाई मान्ने छु र उस्को आदेसको पालना गर्ने छु । त्यसपछि इब्राहिम अलैहिस्सलामले आफ्नो आँखामा पट्टी बाँध्नु भयो, ताकि छोराको बलि दिईरहेको देख्दा दुःखी हुनु नपरोस् ।
यो विश्वास गरिन्छ कि जब उनले आफ्नो छोराको बलि पछि आफ्नो आँखाबाट पट्टी बाँधेको खोल्नुभयो, उनले देख्नु भयो उनका छोरा सुरक्षित उभिरहेका थिए र उसको छोराको बलि दिने ठाउमा एउटा दुम्बा बलि चढिएको थियो। यो विश्वास गरिन्छ कि अल्लाहले हजरत इब्राहिमको छोराको ठाउँमा जन्नत बाट दुम्बा पठाइएको थियो अल्लाहले इब्राहिम अलैहिस्सलामको धेरै पटक इम्तिहान लिनु भयो इब्राहिम अलैहिस्सलाम सबै इम्तिहान्मा सफल हुनु भयो र यो दिनलाइ याद्गार बनाउन सम्पुर्ण मुस्लिमहरु बकरा ईद मनाउने गर्छन् ।
यसपछि बकर इद हरेक बर्ष मनाउने प्रवृत्ति सुरु भयो । व्यक्तिहरू अल्लाहको आदेशहरू पालन गर्छन् र बाख्रा वा पाठो बलि गर्दछन्।
यो दिनलाई उनीहरु अल्लाहले दुम्बाको कुरवानी लिएर ईस्माइल अलैहिस्सलाम लाई बचाएको पवित्र दिनको रुपमा मुस्लिम धर्मावलम्वीहरु स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर ईदुल अजहा अर्थात बकरा ईद मनाउँ छन् ।
कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानी गर्ने पैसा हुदैन, उनीहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई ईष्टमित्रलाई बाडने र तेस्रो भागको मासु घरपरिवारमा बनाएर खाने गर्दछन् ।
(१) कस्तो जनाबरको कुरबानी गर्नु उपयुक्त हुन्छ ?कुरबानीका लागि खसी, भेडा, रागाँ गाई, उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछम अनि गाई राष्ट्रिय जनावर भएकाले हामीले गाईको कुरबानी दिदैनौ बाहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ ।
(२ ). कुरबानीको इतिहास : इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नु पर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखिएको थियो । कुरान शरिफमा अल्लाहको आदेश भाग नं ३० पाठ न. १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अफनो अल्लाहको लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।
(३.) कस्तो व्यक्तिले कुरबानी गर्न सक्छ ? कुरबानी गर्ने व्यक्तिको जिम्मा आवश्यक्ता बाहेक साढे सात तोला सुन अथवा साढे बाउन्न तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्यक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उक्त ब्यक्ति गुनेहगार हुनेछ ।
कस्तो कुर्बानी आल्लाह्ले कुबुल गर्नु हुन्छ ? जुन मान्छेले केवल अल्लाह्को रजा अल्लाह्को खुशिको लागि कुर्बानी गर्छन् र त्यो कुर्बानी अल्लाह बाहेक कसैको देखावाको लागि न होस यस्तो कुर्बानी अल्लाह्ले कुबुल गर्नु हुन्छ जुन मान्छे कुर्बानी अरुलाइ देखाउने मन्ले गरो भने तेस्को कुर्बानी अल्लाह्ले कुबुल गर्नु हुने छैन किन भने अल्लाह समक्ष न त कुर्बानी गरेको रगत नै जान्छ न त मसु केवल अल्लाह समक्ष उस्को तक्वा पुगछ तेसैले कुर्बानी अल्लाह्को लागि गर्नु र दिल्मा अल्लाह बहेक अरु कसैलाइ न राख्नु अनि मत्रै हामी सम्पुर्ण मुस्लिमहरुको कुर्बानु सफल र कुबुल हुनछ र सम्पूर्ण मुस्लिम धर्मावलम्वीहरु यस वर्ष ईदुल अजहा अर्थात बकर इदको फाइदा उठाउन सकिन्छ ।

Share24Tweet15SendScan
Previous Post

हरिनगरलाई नगरपालिका बनाउने प्रयास गर्छु : अन्सारी

Next Post

कांग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कांग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न

कांग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In