Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

व्यवसायिक पत्रकारीतामा जोड दिनु आवश्यक : नेता कोइराला

हरिनगरमा पहिलो ऐतिहासिक दैनिक पत्रिका सुरसेर प्रकाशनमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २, २०७८
in FEATURE, मुख्य खबर, समाचार
व्यवसायिक पत्रकारीतामा जोड दिनु आवश्यक : नेता कोइराला
58
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । नेपाली कांग्रेस सुनसरीका सभापति एव प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै ग्रामिण क्षेत्रको पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेको बताएका हुन् ।

सुरसेर दैनिक पत्रिकाको विमोचन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले सुनसरीको ग्रामिण क्षेत्र हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर पत्रिकाले जनविश्वास जित्न आवश्यक रहेको बताए ।

हरिनगर गाउँपालिकाबाट पहिलो सुरसेर राष्ट्रिय दैनिक पत्रिकाले इतिहास रचेको बताउँदै नेता कोइराला ग्रामिण क्षेत्रको विकासका लागि निष्पक्ष सत्य र तथ्य समाचार सम्प्रेषण गर्न उनले आग्रह समेत गरे ।

समाचारप्रतिको विश्वास ग्रामिण क्षेत्रका जनतालाई दिलाउने प्रयास गर्नुपर्नेमा जोड दिदै नेता कोइरालाले सुनसरीको ग्रामिण क्षेत्रको पत्रकारीता विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

ग्रामिण क्षेत्रलाई केन्द्रविन्दु बनाएर हरिनगर गाउँपालिकाबाट पहिलो पटक पत्रिका प्रकाशनमा ल्याएको भन्दै नेता कोइरालाले पत्रिकालाई जनमुखी बनाउन आवश्यक रहेको समेत बताए । पत्रिका प्रकाशन गर्न चुनौती रहेपनि सबैसँग समन्वय र सहकार्य गरेर सबै क्षेत्रमा कम समयमा लोकप्रिय बनाउन सुरसेर टिमले कसरत गर्नुपर्ने उनले बताए ।

हरिनगरको गाउँपालिकाले पत्रकारीता विकासका लागि देखाएको भूमिका सराहनीय भएको नेता कोइरालाको भनाई छ । पत्रकारीता शहरमुखी भन्दा गाउँमुखी बनाउन आवश्यक रहेको छ, उनले भने, गाउँकेन्द्रीत पत्रकारीता गर्नुपर्ने आजको आवश्यकता हो । सुरसेरले बेरोजगार युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्नेछ ।

पत्रकारीताको धर्म निर्वाह गर्दै आचार संहिताको पूर्णरुपले पालना गर्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले औल्याउँदै पत्रकारीता क्षेत्रमा रुची राख्ने युवाहरुलाई समेटनुपर्ने बताए । नेपाली कांग्रेस सुनसरीका सभापति कोइरालाले सुरेसेर राष्ट्रिय दैनिक पत्रिकाको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै निरन्तर प्रकाशन गर्न सुझाव समेत दिएका थिए ।

प्रदेश १ नम्बरका सभासद हाजी ताहिर अन्सारीले पत्रकारीताको मार्फत जनतालाई सूचनाको अनुभूति हुने गरी समयमा पत्रिका घरघर पुगाउन आग्रह समेत गरे । सुरसेर राष्ट्रिय दैनिक पत्रिका हरिनगरबाट प्रकाशन भएको हुदाँ खुशी हुँदै उत्तरोत्तर प्रगतिको शुभकाना उनले व्यक्त गरेका थिए ।

प्रदेश सभासद हाजी अन्सारीले गाउँमा सञ्चार क्षेत्रको विकासलाई हरिनगरका पत्रकारहरुले पत्रिकाको मार्फत अगाडी बढेकोले साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सदरमुकाम इनरुवामा मात्रै केन्द्रीत भएको पत्रकारीता क्षेत्रले सुरसेर दैनिक प्रकाशन गरेर ऐतिहासिक कार्य गरेको भन्दै प्रशंसा समेत उनले गरे ।

पत्रकारीता क्षेत्रमा युवाहरुको पनि सहभागिता गराउन उनले आग्रह गर्दै लोप हुन लागेको सुरसेर शब्द पत्रिकाबाट जनताको मस्तिष्कमा बसाउन प्रयास गरेको कार्य सराहनीय भएको उनले जिकिर समेत गरे ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै हरिनगरमा पत्रकारीताको विकासमा थप मदत पुगेको बताए । विमोचन कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका हरिनगरका अध्यक्ष अन्सारीले विकासका फड्को मारेपनि पत्रकारीताको विकासमा आफूले पहलकदमी भूमिका निर्वाह गर्न सुरुवात गरेको उनले बताए ।

गाउँपालिकामा पहिलो पटक दैनिक पत्रिका प्रकाशन सुरु भएकोले जनप्रतिनिधिहरुलाई पनि खबरदारी गर्ने र नयाँ आयाम सहित सुरुवात गरेको सुरसेर दैनिक पत्रिकाले जनताको विश्वासलाई जित्न सफल बन्ने तथा निरन्तर प्रकाशनको शुभकामना उनले व्यक्त गरे ।

हरिनगर गाउँपालिकाले विकासमा फड्को मार्दै अगाडी बढेको समयमा सुरसेर दैनिक पत्रिका प्रकाशनले पालिकालाई थप मदत पुग्ने र जनताको आवाजलाई बुलन्द पार्ने कार्यलाई पत्रिकाले भूमिका निर्वाह गर्ने पालिकाका अध्यक्ष अन्सारीले बताए । यसपालिकामा एउटा एफएम स्थापना गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले ग्रामिण क्षेत्रमा पत्रिका प्रकाशन गर्नु ठूलो चुनौती रहेको बताए । ग्रामिण क्षेत्रको पत्रकारीता विकासमा पनि सबैको ध्यान जानुपर्ने उनले बताउँदै चुनौतीलाई चिर्दै अगाडी बढ्नुपर्ने समेत बताए ।

सुनसरीको हरिनगर १ रामनगर भूटाहा आफैमा ऐतिहासिक ठाउँ हो, उनले भने, सुरसेर राष्ट्रिय दैनिक पत्रिकाले यो ठाउँमा ऐतिहासिक कामको थालनी भएकोले यसलाई निरन्तरताको कामना समेत गरेका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लीलाबल्ल्भ घिमिरेले कोरोना महामारीका कारण पत्रिकाहरु बन्द हुने अवस्थामा पुगेको बताए । ग्रामिण क्षेत्रमा सुरसेर दैनिक प्रकाशनमा आएकोले शुभकामना व्यक्त गर्दै सर्वसाधारणहरुलाई पत्रिका किनेर सहयोग गर्नका लागि पनि अनुरोध गरेका थिए ।

विमोचन कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारी, जसपा हरिनगरका अध्यक्ष धर्मवीर आर्य, हरिनगर माविका प्रधानाध्याक बलराम यादव, नेपाली कांग्रेस कोसी गाउँपालिकाका सभापति सुलेमान मंसुरी, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य प्रमोद यादव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह, हरिनगर १ का वडाध्यक्ष अब्दुल लतिफ अन्सारी, पत्रकार बीरेन्द्र केएम, समाजसेवी सेराज फलाही लगायतकाले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

सुरसेर राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक तथ प्रधान सम्पादक ताविल अन्सारीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रिका सल्लाहकार सुशिल कुमार ठाकुरले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रकाशक तथा कार्यकारी सम्पादक टोमराज मेहताले पत्रिको बारेमा प्रकाश पारेका थिए ।

 

Share23Tweet15SendScan
Previous Post

कविता: गामक याद

Next Post

कानुन मन्त्री कार्को पहलमा चक्रघट्टीको भानुमा चार करोडको भवन बन्ने

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मुलुकमा कम्यूनिष्टले संकट ल्याउन खोज्दै छन् :कांग्रेस नेता कार्की

कानुन मन्त्री कार्को पहलमा चक्रघट्टीको भानुमा चार करोडको भवन बन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In