चतरा । नेपाल सरकारका कानुन , न्याय तथा संसदिय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा चक्रघट्टीको भानु आदारभुत बिद्यालयमा चार करोड लगानीमा भवन भन्ने भएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका प्रभावसशाली नेता कार्कीको पहलमा वराहक्षेत्र ६ चक्रघट्टी स्थित आइतवारे चौकमा रहेको बिद्यालयमा मित्र राष्ट्र भारतीय दुतावास मार्फत भवन निर्माण हुन्ने भक्का भएको कांग्रेस कार्कीको भनाई उद्रित गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य बाबुराम बिष्टले बताए ।
बिद्यालयमा रहेको पुरानो भवन २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको र मन्त्री कार्कीको सल्लाह बमोजिम भारतीय दुतावासमा मन्त्री कार्कीले सहयोग पत्र चढाएको हुदाँ भवन निमार्ण गर्न दुतावास तयार बनेको बिद्यालयका प्रध्यानाध्यापक खिलकराज घिमिरेले बताए । उनले भन्ने दुतावासले पनि भवन निर्माणको कार्य स्कृत गरि सकेको जानकारी दिएको छ । चार करोड रकम दुतावासले र चार लाख रकम बिद्यालयले बिहोर्ने छ । अब चाडै दुतावासको प्रतिनिधि आएर भवनको नक्सा र योजना बनाउने प्रध्यानाध्यापक घिमिरेले बताए ।
शिक्षाप्रेमी नेताको रुपमा समेत छवि बनाएका मन्त्री कार्कीले यस अगाडि पनि निर्वाचन क्षेत्र पुर्वाआदार बिकाषकोष मार्फतको रकम तीनआर्थिक बर्षमा गरेर एक करोड ५० लाख सप्तकोसी बहुमुखी क्याम्पसको भवन , कोसि माध्यमिक बिद्यालयमा चिल्डेन पार्क, बसन्त ऋतृ, प्रकाश माबि लगाएका बिद्यालयमा रहेको खेलमैदानमा धेरावेरामा समेत बजेट बिनियोजन गरेका थिए ।
भानु आधारभुतमा दुतावास मार्फत चार करोडको योजना पार्न पहल गरेका मन्त्री कार्कीले चाडै सोही योजना अनुसारका अन्य चार बटा बिद्यालयमा पनि भवन निर्माणको कार्य प्रकृतामा रहेको नेपाली कांग्रेसका नेता बावुराम बिष्टले बताए ।
निर्वाचित भए पछि विभिन्न सहयोगी संघ, संस्थाको सहयोग तथा निर्वाचन क्षेत्र बिकास पुर्वाधार कोष मार्फत बिकासको योजना र सहयोग गर्दै आएको नेपाली कांग्रेस महा समिति सदस्य तथा नेपाल महिला संघकि केन्द्रीय सदस्य अनु गुरुङले बताईन ।