मदन अधिकारी
सप्तरी । सप्तरी जिल्ला प्रधान कार्यलय रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०७८।०७९ को सुरुवातमा नै तीन वटा प्रदेशका ६ वटा जिल्लामा एकै साथ आठ वटा शाखा विस्तार गरेको छ ।
महुलीले बागमती प्रदेशमा ३, गण्डकी प्रदेशमा २ र लुम्बीनी प्रदेशमा ३ गरि ६ वटा जिल्लामा आठ वटा शाखा कार्यालयहरु भाद्र १ गतेबाट संचालन ल्याएको हो ।
वित्तीय संस्थाको ८ वटा शाखा कार्यालय थप भए पश्चात ५७ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह हुने संस्थाले जनाएको छ । यससंगै महुली लघुवित्तले सात वटा प्रदेश मध्ये पाँच वटा प्रदेशमा आफ्नो उपस्थिती जनाएको छ ।