Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गम्भिर सवारी दुर्घटना निमत्याउँदै हुलाकी राजमार्ग

ट्राफिक व्यवस्थापन छैन ः सडक सिमाङकन पनि कारक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गम्भिर सवारी दुर्घटना निमत्याउँदै हुलाकी राजमार्ग

फायल फोटो

72
SHARES
Share on FacebookShare on Twitter

ताविल अंसारी
हरिनगर । नेपाल सरकारले हालै बनाएको हुलाकी राजमार्गमा सवारी दुर्घटना ह्वातै बढेको छ । हुलाकी राजमार्गमा दिनाहुँदिन गम्भिर सवारी दुर्घटना बढ्न थालेपछि स्थानीयहरु समेत त्रसित बनेका छन् ।

सुनसरीको बर्जु गाउँपालिकाको कैशलिया पुल देखि पश्चिम हरिनगर ,भोक्राहा नरसिंह ,कोशी गाउँपालिका अन्तर्गत महेन्द्र राजमार्गको फुलचौक जोडने हुलाकी राजमार्ग दुई किलोमिटर बाहेक सबै कालोपत्रे भई सकेको छ । सुनसरी जिल्लाको पश्चिम तर्फबाट आउने सवारी साधनहरु १ नम्बर प्रदेशको राजधानी बिराटनगर सम्म जाने कम दुरी तथा फास्ट ट्रयाकको रुपमा रहेका यस हुलाकी राजमार्गमा सवारी साधनहरुको चाप बढेको छ ।

हरिनगर गाउँपालिकाको सुनसरी मरिया खोलाको पुल निर्माधिन अवस्थामा रहेकाले पनि वर्षायाममा चार चक्का वा सो भन्दा बढि चक्काका सवारी साधनहरु कम गुडेता पनि सुख्खा याममा तलको खोलाको डाइर्भसनबाट पारभई बढि गुडने गरेका छन् ।
वर्षातपछि हुलाकी राजमार्ग फुलचौक खण्डको दुई किलोमिटर सडक कालोपत्रे भइ सकने , भुटाहा मरिया खोलाको पुल पनि निर्माण भइ सकने भएकाले हुलाकी राजमार्गमा साना सवारी साधन देखि ठुलठुला मालबाहक सवारी साधनहरु , एम्बुलेन्सहरु , यात्रुबाहक सवारी साधनहरु पूर्ण रुपमा सुचारु भई सवारी चाप बढने निश्चित छ ।

चिल्लो सडकका कारण तिब्र गतिमा सवारीसाधनहरु चलाउने गरेकाले सवारी दुघर्टनाहरु बढेकोको प्रत्यक्षदर्शीहरु बताउँछन् । सुनसरी खोलाको भुटाहा–नरसिंह खण्डको पुल देखि पश्चिमको बाटो सिधै मोडिएको , त्यस भन्दा पाँचसय मिटर पश्चिम पनि सिधै सडक उत्तर तर्फ मोडिएको हुँदा तिब्र गतिमा रहेका सवारी साधनहरु मोडन नसकि सिधै गएर पल्टिने ,ठोकिने गरेको हँुदा यस्ता ठाँउमा यस्तै प्रकृतिका दर्जनौं सवारी दुघर्टना भई सकेको स्थानीय अब्बास अंसारीले बताए ।

उनका अनुसार केही दिन अगाडी मधुवनका तीनजना युवाहरुले एउटै मोटरसाइकलमा सवार भई तिब्र गतिमा जाँदै गर्दा मोडमा गाडी मोडन नसकेर सडक छेउमा रहेको क्रेटिङमा ठोकिएर एक जनाको ज्यान समेत गएको थियो । यस्तै प्रकृतिका सवारी दुघर्टनाहरु हरिनगर बजार देखि पुर्व चिमडी सम्म प्रायः हुँदै आएको स्थानीयहरुले बताए ।
प्रायः ग्रामीण क्षेत्रबाट गएको यस हुलाकी राजमार्गमा ट्राफिक व्यवस्थापन भएको छैन् । ठाउँ ठाउँमा ट्राफिक चेकपोष्ट खडा गरि सवारी

साधनहरुको गति कन्ट्रोल तथा जनतामा ट्राफिक चेतना फैलाउनु पर्ने स्थानीयहरुले माँग गरेका छन् । अहिले हरिनगर , भोक्राहा नरसिंह खण्डको हुलाकी राजमार्गको सडक दुर्घटनाको तत्काल उद्धारको काम लौकही ट्राफिक प्रहरी कार्यालयले देख्ने गरेका छन् । सडक छेउहरुमा ट्राफिक संकेतका हुडिङग बोर्डहरुको व्यवस्थापन गरिएको छैन जसका कारण सवारी गति , सडक मोडहरु थाहा नपाई सडक दुघर्टनाहरुले तिब्रता पाई रहेको ट्राफिक विज्ञहरु बताउँछन् ।

यसै सम्बन्धमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पश्चिम तर्फका सवारी साधनहरु बिराटनगर सम्म जानलाई इटहरी हुँदै घुमाउरो भएर जानु पर्दा लामो दुरी र ट्राफिक जामका कारण बढि समय खर्चिनु परेको अवस्थामा अब यस हुलाकी राजमार्गबाट कम दुरी र कम समयमा आवत जावत गर्न सजिलो भएको हुँदा सवारी साधनहरुको चाप बढेको छ, समयमा नै ट्राफिक व्यवस्थापन गर्न नसके सडक दुघर्टना भयावह हुन सक्ने बताउँदै सम्बन्धित निकायको ध्यार्नाकषण गराएको बताए ।

Share29Tweet18SendScan
Previous Post

मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

Next Post

भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे , नआत्तिन चिकित्सकको अनुरोध

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे , नआत्तिन चिकित्सकको अनुरोध

भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे , नआत्तिन चिकित्सकको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In