चन्दन राैनियार दुहबी ।सुनसरीको दुहबी नगरपालिका वडा नं६ स्थित रहेको श्रीदुर्गाकाली मन्दिरमा सोमबार राती चोरी भएको छ । रातको समयमा दानपेटिकाको ताल्चा फोरेर अन्दाजी नगद १ लाख भन्दा धेरे रकम चोरी भएको हो । गएराति दुर्गाकालि मन्दिरमा राखिएको दानपेटिकाको ताल्चा फोरेर मन्दिर भित्रको मुलगेटको ताल्चा फुटाएर मन्दिर भित्रको दुई दानपेटिका फुट्टाएर चोरहरुले चोरी गरेको मन्दिरका पुजारी मोहन मिश्राले जानकारी दिए ।
मिश्राका अनुसार दान पेटिका प्रत्येक वर्ष खोलिन्छ । यसमा १ लाख भन्दा धेरै रकम भएको अनुमान गरिएको छ ।
‘हिजो सोमबार राति ८ बजे मन्दिरमा साँझको पुजा गरेर आफ्नो कोठा गएको थिएँ, बिहान ५ बजे मन्दिर खोल्दा दान पेटिकाको ताल्चा र मन्दिरको मुल गेटको ताल्चा समेत फुटेको देखेर स्थानीयलाई खबर गरेँ’ पुजारी मिश्राले भने ।पछि प्रहरीलाई पनि खबर गरियो र खोजतलास गर्दा चोरी गर्नेहरु दुहबी वडा न। ६ कै २६ बर्षिय सदाम हुसेन, भुट्टु भनिने सुरज मण्डल र मुकेश पासवान रहेको सूचना पाइएको मिश्राले बताए ।
आरोपित तीन जना मध्ये सदाम मिया र सुरज मण्डल दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुकेश पासवान फरार रहेका छन् । पक्राउ परेका आरोपितबाट एकहजार एकसय साठी रुपेया भेटिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।