Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की

कोशी टप्पु आरक्षलाई निकुञ्ज बनाउन पहलकदमी थाल्ने बचनबद्धता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगली हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक भएकोले आफूले एक करोड ५० लाख रकम बजेट बिनियोजन गरेको बताएका छन् ।

कोशी गाउँपालिका–३ मा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली जनावरहरुले लामो समयदेखी त्यक्ष क्षेत्रका जनतालाई आतंकित बनाउँदै आएकोले ट्रेन्च निर्माण गरी समस्या समाधान गर्न आफू तत्पर रहेको मन्त्री कार्कीले बताएका हुन् ।

कोशी गाउँपालिका र स्थानीय जनताले तारको घेराबेराले उपयुक्त नरहेको भन्दै ट्रेन्च निर्माण गरी नयाँ प्रविधिबाट काम सूचारु गरी समस्या समाधान गर्न ठोस योजना अगाडी सार्नु पर्ने माग गर्दै मन्त्री कार्कीको ध्यानआकर्षण गराएको थियो । कोशी टप्पु आरक्ष क्षेत्रका जनताहरुले बर्षौं देखि भोग्दै आएका जंगली जनावर हात्ती तथा अर्ना आक्रमणबाट डेढ दर्जन व्यक्तिको ज्यान गइसकेकोले यसको रोकथामका लागि प्रभावकारी कदम चाल्न के गर्नु पर्छ ? के गर्न सकिन्छ स्थानीय जनताहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रियाका लागि कोशी गाउँपालिकाले आयोजना गरेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्रि कार्कीले जनताको समस्या र गुनासो बुझन सुनसरी एक पटक होइन पटक पटक आफनो क्षेत्रमा आएको दाबी गर्दै हरेक पटक जनताको लागि कोसेली लिएर आउने गरेको बताए ।
सुनसरी क्षेत्र नम्बर–४ को कोशी टप्पु वनजन्तु आरक्ष समस्याग्रस्त क्षेत्र भएको ठाउँ भएकोले समस्या समाधान गर्न सदैव तयार रहेको र यसक्षेत्रको जनता जंगली जनावरबाट पीडा भोगिरहेको हुदाँ यसक्षेत्रका समस्यालाई कसरी अन्त्य गर्ने ? र कसरी अवसरमा परिणत गर्ने योजनामा लागिरहेको छु, उनले भने,‘कोशी टप्पु आरक्षलाई समस्याको रुपमा होइन कि अवसरको रुपमा परिणत गर्न आजको प्रमुख आवश्यकता हो ।’

मन्त्री कार्कीका अनुसार यस क्षेत्रका मुल समस्या जंगली जनावरको आतंक हो । यस विषयमा मन्त्री बनेपछि वन तथा वातावरण मन्त्रालयको सचिवसँगै धेरै पटक भेटेर अध्ययन तथा योजनाको बारेमा छलफल गरेको छु, उनले भने, प्रकृतिको उपज मानव र जनावर रहेकाले ‘मानव र जनावरबीचको द्धन्द्ध अन्त्य गर्न हामी सबैले लाग्न आवश्यक रहेको बताए ।’

कोशी गाउँपालिकामा नयाँ कोसेली स्वरुप कोशी गाउँपालिकामा नयाँ बोलेरो पठाएको छु, उनले भने, ‘म आउनुभन्दा पहिले नै बोलेरो गाडी पठाएको छु । यसले पनि मानव संकटको समस्या समाधान हुने विश्वस्त रहेको छु ।’ जंगली जनावरको आतंकबाट घाइते भएकाहरुलाई तत्काल बोलेरोबाट उपचार गर्न सहज हुने र नेपाल आर्मीहरुले यस क्षेत्रमा गस्ती गर्न र सुरक्षा प्रदान गर्न सजिलो हुने उद्धेश्यले कोसेली पठाएको उनको तर्क थियो ।

सुनसरी क्षेत्र नम्बर–४ का जनताको सुरक्षा र आशा भरोसालाई सदैव आत्मसाथ गर्ने गरेको र मानव ठूलो र सानो नभएर समान भएकोले पैसाबाट तुलना गर्नु नहुने उनको तर्क थियो । यस क्षेत्रमा मानव जातिको जंगली जनावरबाट क्षति नहोस् र मानवको मूल्य अमूल्य रहेको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको छ मन्त्री कार्कीको भनाई छ । उनका अनुसार भाषण गरेर समस्याको समाधान हुँदैन्, समस्यालाई पहिचान गर्नपर्छ र त्यसलाई समाधान गर्ने बाटो अपनाएपछि, त्यो नै समयको माग भएकोले जनताले उठाएको मागलाई समयमै सम्वोधन गर्नेछु, उनले भने, ‘त्यसैले म कम बोल्छु र बोलेको कुरा जनताको प्रेरणाले पुरा गर्छु ।’

मन्त्री कार्कीका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउन मेरो सार्मथ्यले भियाएसम्म लाग्ने छु । आरक्ष कुनै दिन छिट्टै नै निकुञ्मा परिणत हुनेछ भन्ने विश्वासका साथ सबैको साथ र सहयोग पाएमा निकुञ्जमा परिणत हुन कुनै समय नलाग्ने समेत उनले बताए ।
मन्त्री कार्कीको पहलमा वन तथा वातावरण मन्त्रलायबाट आरक्षमा घाँसे मैदानको लागि २० लाखको व्यवस्था मिलाएकोले जंगली जनावरको अहाराको लागि केही हदसम्म परिपूर्ती हुनेमा विश्वास उनले व्यक्त गरेको थियो ।

मानव र हाती द्धन्द्धको व्यवस्थापनका लागि ४५ लाख बजेटमा राखिएकोले यसमा पोखरी बनाउने र हातीले पानी पनि पिउने र प्रयाप्त आहारको व्यवस्था भए पछि आरक्ष बाहिर हात्तीहरु आउने क्रम रोक्न सक्ने भएकाले नै अहिले सानो पहल भएको र बजेटको सीमा बढाउँदै बृहत्तर रुपमा योजना अगाडी लैजाने उनले बताए ।

त्यसैगरी वनपथ सुधारको लागि २० लाख बजेट छुटाएको, सीमसार व्यवस्थापनका लागि ५ लाख बजेट राखिएको, वनमाराको व्यवस्थापन गर्न ५ लाख बजेट आफूले पहल गरेर छुटाइएको र समस्या समाधान गर्नका निम्ति परिणाममुखी काम गर्न सबैको सहयोग,सदभाव, विश्वास, प्रेम र आस्थाको खाँचो रहेको मन्त्री कार्कीको तर्क थियो ।

यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कोशी टप्पु वन्य जन्तु आरक्षका जंगली जनावरहरुले बालीनालीको क्षति गर्ने, ट्रन्च निर्माण गर्नुपर्ने, क्षतिपूर्तीको रकम बढाउनुपर्ने, हातीबाट पीडित भएका परिवारलाई आरक्षमा रोजगारी सिर्जना गर्नुपर्ने लगायतको मागको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दिपक कुमार खरालले आरक्षमा उठेका मागहरुलाई सम्वोधन हुनेमा विश्वास व्यक्त गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्की मार्फत मन्त्री परिषदको निर्णयबाट कार्यान्वयन अगाडी बढ्ने र यसक्षेत्रका जनताको समस्या समाधान गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी कोशी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मंसुरीले हालसम्म जंगली जनावरबाट १८ जनाको मृत्यु भइसकेको, ७५ जना भन्दाबढी घाइते भएकोले तारको घेराबेरा नगरी नयाँ प्रविधि ल्याई हातीलाई आरक्षमा नै नियन्त्रण गर्न पहल र प्रयास गर्नुपर्ने बताए । जनताको बाँच्ने अधिकारलाई सरकारले सुनिश्चित गर्नुपर्ने माग राख्दै कोशीको विकास निर्माणमा मन्त्रीले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।

Tags: कानुन न्याय तथा संसदीय मामिला मन्त्रीकोशी टप्पुज्ञानेन्द्रबहादुर कार्कीहात्ती आक्रमण
Share24Tweet15SendScan
Previous Post

अस्पतालमा व्यापक सुधारको खाँचो देखेको छु ः इनरुवा मेयर मेहता

Next Post

कृषिलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने जोड

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कृषिलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने जोड

कृषिलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In