इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा हरेको म्याजिक सिनेमा हलमा शनिवार विहान ९ः२० देखि लागेको आगो ११ः२० मा नियन्त्रणमा आएको कान्छिचौक प्रहरी चौकीले जानकारी दिएको छ ।
सिनेमा हलमा ‘करेन्ट सर्ट’ भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट सिनेमा हलमा रहेका सम्पूर्व पूर्वाधारहरु जलेर नष्ट हुँदा झण्डै २ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगो इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिकाको दमक, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएकोे प्रहरीले जानकारी दिएको छ ।
समयमा नै आगो नियन्त्रणमा आएका कारण सिनेमा हल नजिकका अन्य घरमा आगो फैलन नपाएको प्रहरीले जनाएको छ । श्राेत:www.arisenepal.com












