इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्य समितिले ७० जना भन्दाबढीलाई सम्मान गरिएको छ । साह सेवा समितिको पाचौ अधिवेशनको अवसरमा साह जातिका ज्येष्ठ नागरिक, युवा, व्यापारी, कर्मचारी लगायत ७० जना भन्दाबढीलाई प्रंशसा पत्र दिएर सम्मान गरिएको छ ।
साह समुदायका भविष्यका कर्णधार, लोकसेवा आयोगका प्रतिस्पर्धी, होनहार विधार्थी तथा उज्जवल नक्षत्र एव बहुमुल्य गहनाको रुपमा उनीहरुलाई साह समाजले सम्मानित गरेको छ । साह समाजका व्यक्तिहरुको मनोवल उच्च बढाउनका लागि र जातिय उत्थानका लागि प्रोत्साहन रुवरुप अधिवेशनको अवसरमा सम्मान गरिएको साह सेवा समिमि इनरुवा नगरका अध्यक्ष सुरेन्द्र कुमार साहले बताए ।
सम्मानित हुनेहरुमा सुर्य नारायण साह, नन्दकिशोर साह, कलमवती साह, रामकुमारी साह, सोनी साह, आरती साह,पिंकी साह लगायत ७० जना भन्दा बढीलाई प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता, समाजका अगुवा महिचन्द्र साह लगायतकाले दोसल्ला ओढाएर प्रंशसा पत्र र सम्मान पत्र दिएर सम्मान गरेका थिए ।