इनरुवा । इनरुवा नगरपालिका–९ निवासी मौलाना हारुण खाँले नेपाली कांग्रेस पार्टीमा पुनः फर्किएको बताएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको हातबाट टिका लगाएर नेपाली कांग्रेसका पुनः फर्किएको मौलाना खाँले बताए ।
मुलुकको निकास दिने र जनताको चाहना अनुरुप काम गर्ने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएकोले पुनः आफनै घरमा फर्किएको उनले बताए ।समय परिस्थिती अनुसार अरु पार्टीमा प्रवेश गरेको थिए तर चाहना अनुरुप लोकतान्त्रिक पद्धति नपाएकोले नेपाली कांग्रेसमा पुनः फर्किएको मौलाना खाँले सुरसेर दैनिकलाई बताए । मौलाना खाँले नेपाली कांग्रेस जस्तो सिद्धान्त र पद्धति अरु पार्टीमा नदेखिएको र बिचार समेत नमिलेकोले पुनः घरमा आउँदा खुशी लागेको बताए ।
सुरसेर राष्ट्रिय दैनिकको कुराकानीमा मौलाना हारुण खाँले विगतका दिनमा नेपाली कांग्रेस पार्टीमा रहेर जनताको निःस्वार्थ भावनाले सेवा गर्दै आएका थिए । अहिले पनि बिभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक कार्य गर्दै जनताको सेवामा समर्पित रहेको उनले बताए ।
राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाको सहयोगमा सुनसरी सदरमुकाम इनरुवा लगायत बिभिन्न पालिकाहरुमा इमान्दार भएर जनचेतना फैलाउँदै, गरिब तथ अति विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको उनको कथन छ । जनताको सेवा गर्दै नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने कार्यमा सशक्त भएर लाग्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।