इनरुवा । सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्रथामिकतामा सबै नागरिकलाई खोप पुर्याउनु पर्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा शनिबार नेपाली काङग्रेस वडा कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारणले सबै क्षेत्र प्रभावित भएका बेलामा वर्तमान सरकारले चैत्र सम्ममा सबै नागरिकलाई कोरोनाको खोप प्रदान गर्ने घोषणा गरे अनुरुप अहिलेको सरकारले कार्य गरिरहेको मन्त्री कार्कीले बताए ।
फरक प्रसङगमा बोल्दै मन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको अकंक्षा अनुसार कार्य गर्न नसकेको बताए । नेपाली जनताले नेकपा एमाले ओली नेतृत्वको दुई तिहाइ सरकारबाट ठुलो अपेक्षा गरेकोमा त्यसलाई ओली नेतृत्वको सरकारले चकनाचुर गर्ने कार्य गरेको मन्त्री कार्कीले दाबी गरे ।
अहिले नेपाली काङग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार माथि जनताको ठुलो अपेक्षा र भरोसा भएको मन्त्री कार्कीले बताए । जनताको जीउधनको रक्षा, संविधान, लोकतन्त्र रक्षा गर्नुका साथै शान्ति अमन चायन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायीत्व भएको मन्त्री कार्कीले बताउँदै सरकारले अहिले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने किसिमले कार्य गरिरहेको बताए ।
भाषण गरेर मात्र देशमा समृद्धि हासिल नहुने भएकाले व्यवहारमा कार्य गरेर देशलाई समृद्धिको बाटोमा लैजाने किसिमले अहिलेको सरकारले कार्य गरिरहेको मन्त्री कार्कीले दाबी गर्दै कार्यक्रममा समाजसेवी मौलान हारुन खाँ सहितका व्यक्तिले बिभिन्न पार्टी परित्याग गरेर नेपाली काङग्रेसमा प्रवेश गरेका थिए ।
नवप्रवेसीलाई पार्टीका केन्द्रिय सदस्य तथा मन्त्री कार्की, नेपाली कांग्रेस सुनसरीका सभापति तथा १ नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, संघीय सांसद सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।
यसैगरी मन्त्री कार्कीले सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर–४ भित्र बैठारदेखी ठाकुरबारी सम्मको कालोपत्रे बाटो १८ कि.मी सडकको शिलान्यास, खानेपानी आयोजना निर्माणको शीलन्यास , शीकदार माझीटोलको कालोपत्रे बाटो शीलन्यास , रामपुराको कालोपत्रे सडक शीलन्यास, बराहक्षेत्र ८ मा निर्माण सम्पन्न भएको पुलको उद्घाटन बराहक्षेत्रह–६ भानु आधरभुत बिधालयको भवन निर्माणको शीलन्यास,बराहक्षेत्र– ११ मा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न् भएको हाम्रा स्थानीय संवाददाताहरुले बताएका छन् ।