इनरुवा । साह सेवा समिति इनरुवा नगर समितिलाई धर्मशाला बनाउन एक कठ्ठा जग्गा उपलब्ध गराउने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले घोषणा गरेका छन् ।
साह सेवा समितिको शनिवार पाँचौ अधिवेशनमा विशिष्ट अतिथिको शुभकामना मनतब्य ब्यक्त गर्दै इनरुवाका मेयर मेहताले इनरुवा नगर क्षेत्रभित्र एक कठ्ठा जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
साह सेवा समिति इनरुवा नगर समितिले धर्मशाला बनाउनका लागि आग्रह गरेपछि इनरुवाका मेयर मेहताले एक कठ्ठा जग्गा उपलब्ध गराउने र धर्मशाला भवन निर्माणका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
इनरुवाका मेयर मेहताका अनुसार साह(तेली) समाजको पहिचान र सम्मानका लागि धर्मशाला बनाउनका लागि आर्थिक रुपले पनि सहयोग गर्छु । उनले भने, ‘धर्मशालाले साह जातिको मात्र नभएर समग्र इनरुवाको शान बढने छ । साह समाज संगठित भएर इनरुवा नगरपालिकामा सम्पूर्ण प्रक्रिया पूरा गरी माग्न पनि आउनुपर्छ । सुतेर हुँदैन् यसका लागि नेतृत्व गर्ने व्यक्तिहरुले अग्रसर भएर जग्गा र रकम प्राप्त गरेपछि काम धमाधम सुरु गर्नुपर्छ उनले भने ।
इनरुवाका साह समाजलाई सधै सम्मान गरेको उनले बताउँदै चार वर्षको अवधिमा कुनै गल्ति भएकोलाई क्षमा गर्न आग्रह गरेका छन् । बाँकी रहेको कार्यकालमा सल्लाह सुझावलाई मध्यजनर गर्दै अगाडी बढ्ने विश्वास समेत उनले व्यक्त गरे ।
उनले भने, ‘सबै जातजाति, धर्म, संस्कृति, परम्परा र रितीरिवाजलाई संरक्षण र सम्वद्र्धन गर्न मेरो प्रमुख दायित्य हो । त्यसैले साह समाजको लागि धर्मशाला बनाउन जग्गा र रकम उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन् । इनरुवाको व्यापार र व्यवसायलाई प्रर्वद्धन गर्न र आर्थिक रुपमा सक्षम बनाउन आफू पनि लागि परेको समेत उनले बताए ।
इनरुवाको विकास र भविष्य कोर्न साह समाजको पनि योगदान रहेकोले उच्च कदर गर्दै अगाडी दिनमा पनि साह समाजको इज्जत, सम्मान र पहिचानको लागि आफू कठिबद्ध रहेको साह समाजको नगर अधिवेशनमा मेयर मेहताको कथन थियो ।