इनरुवा । साह सेवा समिति इनरुवा नगर समितिको पाँचौ अधिवेशन सम्पन्न भएपनि अध्यक्षको नाम टुङ्गो लाग्न सकेको छैन् । साह सेवा समितिको अध्यक्ष बाहेक सबै पदमा सर्वसहमतिबाट चयन भएपनि अध्यक्ष पदमा सर्वसहमति हुन सकेको छैन् ।
आपसी समझदारीमा अध्यक्षमा टुङ्गो लाग्न नसेकपछि साह सेवा समिति जिल्ला कार्यसमिति सुनसरीको संयोजनमा निर्वाचन समितिलाई अध्यक्षको नाम छनौट गर्नका लागि अधिकार दिइएको छ ।
निर्वाचन समितिले अध्यक्षको नाम जिल्ला समितिलाई दुईजना मध्ये एक जनाको नाम सिफारिस गरेपछि उक्त व्यक्ति अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने समितिले जनाएको छ ।
साह अर्थात तेली समाजको उत्थानका लागि एक जुट हुन आवश्यक रहेकोले नगर समितिमा योग्य, दक्ष र अनुभवी व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिन सक्ने साह समाजका अगुवाईहरु बताउँछन् । साह सेवा समितिमा उदाहरणीय काम गर्न सक्ने युवालाई ल्याउन आवश्यक रहेको समितिको ठहर छ ।
अध्यक्ष पदमा सुरेन्द्र साह र दयानन्द साहको नाम जिल्ला समितिको संयोजनमा निर्वाचन समितिलाई नाम छनौट गर्न सिफारिस गरिएको छ । नाम छनौट भएर आएपपछि अध्यक्षको नाम सुनिश्चित हुने साह समितिले जानकारी दिएको छ ।
नगरको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा डाक्टर फडिन्द्र साह, सचिव सुरेश साह, सहसचिवमा रोशन साह, कोषाध्यक्ष रेखा कुमारी साह सर्वसहमतिबाट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा श्याम कुमार साह, श्रवण साह, दानावती साह, दिप नारायण साह, चंचल साह, महानन्द साह, राम कुमार साह, राज कुमार साह लगायतका चयन भएको समितिले सुरसेर दैनिकलाई जानकारी दिए ।