Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महामानव विपीको सपना साकार पार्न हाम्रो दायित्व

सुनसरी क्षेत्र–२ मा विकासको योजनाहरु त्यसतर्फ लक्षित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महामानव विपीको सपना साकार पार्न हाम्रो दायित्व
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य तथा संघीय सांसद सीताराम मेहताले स्व. विपी कोइरालाको सपनाहरु साकार पार्न ग्रामिणमुखि विकास बजेट अगाडी सार्नु पर्ने बताएका छन् ।

जनताको जीवन स्तर बढाउनका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडकमा बढि ध्यान दिनु पर्ने बताउँदै आफुले चुनावका बेला यहाँका जनताहरु सँग गरेका बाचाहरु पुरा गर्नका लागि संचालन गरेका हरेक विकासका योजनाहरु विपीको सपना साकार गर्न तर्फ लक्षित रहेको दाबी गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर–२ मा सबै क्षेत्रलाई समेटेर विकासको योजनाहरु लागू गरिएको उनले बताए । जनताको चाहना अनुसार विकासका गतिविधिहरुलाई अघि सार्दै कामलाई प्राथमिकता दिएर धेरै काम सम्पन्न हुन लागेको र केही काम सुरुवातको चरणमा रहेको समेत उनले बताए । सबै जातजातिहरुलाई सम्मान गर्ने गरि विकासको योजनाहरुलाई बाडफाँड गरि कार्यान्वयन गरेको उनको कथन छ ।

संघीय सांसद मेहताका अनुसार निर्वाचन क्षेत्रको साझेदारी कार्यक्रम इटहरी–१ मा एक उच्च माध्यमिक विद्यालयमा भवन निर्माणका लागि १० लाख विनियोजन गरेको छु । इटहरी–२ मा सामुदायिक भवनका लागि १० लाख बजेट दिएको र सो भवन निर्माण कार्य सम्पन्न भइसकेको उनले बताउँदै इटहरी–३ मा पनि सामुदायिक भवनमा रकम दिएको बताए । इटहरी–४ मा कृष्णप्रणामी मन्दिरको स्वर्गद्धारीघाटमा क्रियापुत्रीको लागि २५ लाख बजेट बिनियोजन गरेको संघीय सांसद मेहताले बताए ।

इटहरी–४ को आइतवारेमा सडक र बाटो निर्माणका लागि १० लाख दिएको बजेटमा बाटो सहितको नालाको काम सम्पन्न भएको संघीय सांसद मेहताले जानकारी दिए ।त्यसैगरी इटहरी–५ मा नदीबाट हुने कटानलाई रोक्नका लागि क्रेटिङ्ग सहितमा सपोर्टिङ्ग वालमा १० लाख दिएको काम पनि सम्पन्न भएको छ उनले भने ।

इटहरी–१६ मा एक प्रस्तावित माध्यमिक विद्यालयमा १० लाख दिएकोमा काम सम्पन्न भएको र इटहरी–१७ मा दुई बाटोको काम पनि भइसकेको र इटहरी–१८ मा ग्रामिण थानमा घेराबेरा र मन्दिरमा १० लाख दिएको र त्यो काम पनि सम्पन्न भइसकेको उनले बताए । त्यसैगरी इटहरी–१९ मा एक शिवमन्दिरमा १० लाख बजेट दिएर काम सम्पन्न भइसकेको उनले बताउँदै इटहरी–२० को एक मन्दिरमा पुराणबाट पनि रकम आएको र त्यस मन्दिरमा पनि १० लाख बजेट बिनियोजन गरिएको बताए ।

त्यसैगरी रामधुनी नगरपालिका–१ मा थारु आदिवासी जनजातिको सामुदायिक भवनमा १० लाख बजेट दिएको, नेवार संग्राहलयमा पनि रकम बिनियोजन गरेको सांसद मेहताले बताए । रामधुनी–२ ग्राभेल र नाला सहितको बाटोमा रकम विनियोजन गरेको काम सम्पन्न भएको उनले बताए । रामधुनी–३ को विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्ने भएकोले त्यसमा ५० लाखमा भवन निर्माणको कार्य सम्पन्न भएको उनले बताउँदै रामधुनी–५ मा कालोपत्रे बाटो र पोलबतीमा बजेट दिएको बताए । रामधुनी–८ को छपकी चौकमा शिव मन्दिरमा रकम दिएकोमा काम सम्पन्न भएको उनले जिकिर गर्दै रामधुनी–९ मा रामधुनी मन्दिर जाने बाटोमा पनि रकम बिनियोजन गरेकोले यस क्षेत्रमा विकासको अपेक्षा गरेका जनतालाई काम गरेर देखाउने सपनालाई पुरा गर्ने प्रयासमा रहेको संघीय सांसद मेहताले बताए ।

इनरुवा नगरपालिकामा पनि विकासको काममा आफूले हातमा हात मिलाएर अघि बढेको दावी गर्दै संघीय सांसद मेहताले जिल्ला अस्पताल इनरुवालाई थाइरेड परीक्षण गर्ने मेसिन खरिद गर्नका लागि २५ लाख बजेट बिनियोजन गरेको र इनरुवा लोकतान्त्रिक चौकमा निर्माणधिन रहेको शिव मन्दिरमा २० लाख बजेट दिएको र १० लाख बजेट दिन बाँकी रहेको बताए । यसैगरी इनरुवा–२ मा नेपाल कुशवाहा कल्याण समाज भवन निर्माणका लागि रामप्रसाद र हरिप्रसाद मेहताले निःशुल्क दुई कठ्ठा जग्गा उपलब्ध गराएको र सो भवनमा २५ लाख रकम बिनियोजन गरेको उनले बताए । इनरुवा–५ मा खानेपानीको लागि बजेट बिनियोजन गर्दै इनरुवा–६ को मधेशामा तितिरवनादेखी पश्चिम मोहमद टोलमा १० लाख दिएर बाटो ग्राभेल गरेको उनले बताए । इनरुवा–९ मा वडाबासीको चाहना अनुसार मन्दिरमा १० लाख दिएको उनले बताए । इनरुवा–१० मा ठूलो मदर्सा निर पानी निकासको ठूलो समस्या भएको ठाउँमा ढल निकासको लागि १० लाख बजेट बिनियोजन गरेको समेत उनले बताए ।

त्यसैगरी हरिनगर गाउँपालिका–३ मा एक विद्यालयमा भवन निर्माणका लागि १० लाख बिनियोजन गरेर काम पनि सम्पन्न भएको संघीय सांसद मेहताले बताउँदै देवानगंज गाउँपालिका–१ मा राजाजी थानमा १० लाख, देवानगंज–२ मा सामुदायिक भवनमा बजेट दिएको र देवानगंज–३ को एक विद्यालयमा कम्पाउण्ड वालको लागि १० लाख, देवानगंज–४ मा दुर्गा मन्दिरमा १० लाख, देवानगंज–५ मा दुईवटा मन्दिरमा पाँच पाँच लाख गरी १० लाख, देवानगंज–६ मा ग्राभेल स्त्तरोन्नतीको लागि काम सम्पन्न भएको र देवानगंज–७ मा बाटो ढलानका लागि १० लाख गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत बजेट बिनियोजन गरी जनताको चाहना अनुसार विकासलाई अघि सारेको बताए । काम सन्तोषजनक रहेको र कतैपनि अनियमितता र विवाद नभएको हुदाँ आफनो निर्वाचन क्षेत्रमा कामको गतिलाई अघि बढाउँदै गएको उनले बताए ।

सुनसरी खोलाको पानीलाई सुकसेना नहर र शंकरपुर नहरमा पुरयाएर दक्षिण भेगका जनताहरुको खेतमा सिँचाई पुरयाएर विपीको सपनालाई साकार पार्न वर्तमान देउवा सरकार र सुनसरी क्षेत्र नं.४का साँसद तथा मन्त्रि ज्ञानेन्द्र कार्कीले विदेशी संस्था जाइका र सुनसरी मोरंग सिँचाई आयोजनाले तयार पारी सिँचाइ विभागमा थन्किएको फायल अगाडी बढाउनु पर्नेमा जोड समेत दिएका थिए । कौवाँखोज देखि इनरुवा सम्मको २२ किलो मिटर लामो सडकको टेण्डर प्रकृयामा रहेको हुँदा यस बाटोलाई द्रुत गतिमा निर्माणका लागि सरकारले पहकदमी लिनु पर्ने समेत उनले बताएका छन् ।

Tags: महामानव विपीको सपनासंघीय सांसद सीताराम मेहताहाम्रो दायित्व
Share25Tweet16SendScan
Previous Post

साह समिति विस्तार भएपनि अध्यक्षको टुङ्गा लागेन

Next Post

कृष्ण भजन : धुन बज्यो धुन बज्यो

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कृष्ण भजन :  धुन बज्यो धुन बज्यो

कृष्ण भजन : धुन बज्यो धुन बज्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In