Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १७, २०७८
in स्वास्थ्य
भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै
35
SHARES
Share on FacebookShare on Twitter

चितवन । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो ।

हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ । यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ । साँझ, बिहान र बिदाका दिनमा उहाँले चौबीसकोठीको मौलाकालिका अस्पतालमा यो सेवा दिँदै आउनुभएको छ । मौलाकालिकामा मात्रै २० भन्दा बढी जोर्नी प्रत्यारोपण गरेको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण नियमित यस्ता शल्यक्रिया कम भएका भए पनि पछिल्लो समय नियमित गरिएको छ । घुँडा, पुठो, कुहिनोलगायतको प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए प्रयोग गरिँदै आएको छ । त्यसको मूल्य महँगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई रु दुई लाख हाराहारी र भारतमा बनेकालाई रु एक लाख ५० हजार हाराहारी पर्दछ ।”

यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महँगो पर्दछ । यो मुख्य ९मेजर० शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ । उहाँको भनाइमा बढी सङ्ख्यामा ६५ वर्ष नाघेका वृद्धवृद्धालाई यो समस्या पर्ने गर्दछ । जोर्नी खिइएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोगजस्ता सङ्क्रामक रोगका कारण र वंशाणुगत कारण यो समस्या देखिने गर्दछ । कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उहाँको भनाइ छ । अत्यधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ ।

थापाले हाडजोर्नी तथा नसामा स्नातकोत्तर गरेपछि तीन महिना जोर्नी प्रत्यारोपणसम्बन्धी दिल्लीको एपोलो अस्पतालमा तालिम लिनुभएको छ । यस्तै भारतकै बैङ्लोरमा मरेका मानिसमा गरिने काडा भेरिक शिक्षा पनि उहाँले लिनुभएको छ ।

यस्तै भारतकै मुम्बई र हैदारावारमा रानावत कन्फ्रेन्ससँगै उहाँले प्रत्यारोपणको काम अघि बढाएको जानकारी दिनुभयो । यस खालका तालिम नेपालमा पनि हुने गरेका छन् । ती अधिकांश तालिममा थापाको सक्रिय सहभागिता हुने गरेको छ ।

नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको जनाउँदै उहाँले समस्या लिएर धेरै बिरामी आउने गरेका बताउनुभयो । उहाँको भनाइमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए । आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्ने धेरै भएको डा थापा बताउनुहुन्छ ।

एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उहाँको अनुभव छ । विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उहाँ सुझाव दिनुहुन्छ । दीर्घरोगबाट बच्न, योगा, व्यायाम गर्न, अत्यधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाइ छ ।

नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सक बताउँछन् । विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उहाँले नेपालमा यसको थालनी भइनसकेको बताउनुभयो ।श्रोत : www.news24nepal.tv

Share14Tweet9SendScan
Previous Post

बार्सिलोनाको १० नम्बरको जर्सी अन्सु फातीले लगाउने

Next Post

अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’

अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-'निर्दयी समूह'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In