प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई वडा तहबाटै बलियो बनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
भक्तपुरको मध्यपुर ठिमी नगपालिकाको वडा नम्वर(४ र सूर्यविनायक नगरपालिका वडा नम्वर ५ को वडा अधिवेशन अवलोकनका क्रममा उनले यस्तो भनेका हुन्।
उनले वडा अधिवेशन उद्घाटनका क्रममा पार्टीलाई वडा तहबाटै बलियो बनाउन नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।
अवलोकनका क्रममा सभापति देउवाले पार्टीलाई वडा तहदेखि बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न नेता-कार्यकर्तालाई निर्देशन दिए।