टोक्यो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेसा गोवर्द्धन पहिलो खेलमा पराजित भएकी छिन्।
पलेसाले अब कांस्य पदकका लागि अर्को चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
महिला के–४४ विधाको ५८ केजी तौल समूहमा पलेसा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएकी हुन्।
उनले रेपेचेजतर्फ क्वाटरफाइनलमा खेल्नेछिन्। रेपेचेजबाट दुई खेलाडीले कांस्य पदक जित्नेछन्।
११ खेलाडीले स्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाईनलमा प्रवेश पाएका थिए।