हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित रहेको सिताराम अधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन भएको छ ।
साविकको हरिनगरा–५ र हाल हरिनगर–४ स्थित रहेको सिताराम अधारभूत विधालयका अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवनारायण यादवलाई सर्वसहमतिबाट चयन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिमा शिवनारायण यादवको अध्यक्षतामा ९ जना कार्यसमिति चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा श्यामवती देवी ऋषिदेव, रुको देवी दास, सरस्वती देवी स्वर्णकार, क्षमा देवी झा, चन्द्रावति देवी राम, रिुबी कुमारी गुप्ता (शिक्षक प्रतिनिधि) रहेका छन् भने सदस्य सचिवमा सुर्यनारायण यादव रहेका छन् । एक जना वडा प्रतिनिधि पदेन सदस्य रहने गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन गरेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष यादवले विद्यालयलाई स्त्तरोन्नतीका लागि आफूले पहल गर्ने र शैक्षिक क्षेत्रमा गुणात्मक सुधार गर्दै ल्याउने प्रयासमा जुटने बताए । कोरोना महामारीको कारणले विधालय बन्द भएका कारण विद्यार्थीहरुको भविष्य अन्धकारमय भएकोले वैकल्पिक उपाय अपनाई बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
हरिनगर गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गुणराज ढकालको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको छ । सो भेलामा विद्यालयका अभिभावकहरु, हरिनगर–४ का जनप्रतिनिधि र शिक्षा शाखाका अजित कुमार मल्लिक लगायतको सहभागिता रहेको थियो ।