इनरुवा । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीले संविधानको रक्षाका लागि पार्टी विभाजन भएको बताएकी छिन् । सुनसरीको इनरुवामा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) इनरुवा नगर कमिटिको प्रथम नगर भेलालाई सम्वोधन गर्दै यस्तो बताएकी हुन् ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संविधानलाई नटेकेर आफनै मनमौजी गर्न थालेपछि आफूहरुले संविधानको रक्षाका लागि नयाँ पार्टीको दर्ताको गरेको बताईन् । नेकपा एमालेका अध्यक्ष ओलीली नक्कली राष्ट्रवादका कारण सरकारबाट बर्हिगमन भएको बताउँदै नेतृ भाँक्रीले जनताको जनमतबाट दुई तिहाईको सरकारको नेतृत्व गर्ने ओलीले संविधानमै व्यवस्था नभएको र पार्टीको विधान अनुसार काम गर्ने प्रणाली नभएका कारण आफूहरुले उनको साथ छाडेर नयाँ पार्टी दर्ता गरेर जनताको माझ आएर मुलुकको निकासतर्फ केन्द्रीत भएको उनले बताईन ।
फरक प्रसंगमा उनले एमसीसीको पक्षमा रहेका ओलीले आज विरोध गरेर जनतालाई भ्रममा पार्ने काम गरेको समेत उनले आरोप लगाईन् । ओलीले पार्टीमा एकल शासन चलाएको र भूमाफियाहरुको संलग्नतामा बिभिन्न सम्झौताहरु गरेर देशलाई वर्वाद पारेको उनले बताइन् । मुलुकमा ओली नेतृत्वको पार्टी सबैभन्दा सानो हुने तर्क गर्दै उनले उनको र्दुदशा सुरु भएको बताईन् । यसैगरी नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय महफुज अन्सारीले केपी शर्मा ओलीले बिचारको बैइमानी गरेको बताए ।
पार्टीमा तस्कर र भूमाफिहरुलाई पालेर देशलाई लुटने प्रयास गरेको उनले बताए । देशलाई समृद्ध बनाउने ठूला भाषण दिएर पार्टीको विधान समेतलाई नटेकेर मनौमानी ढङ्गबाट पार्टी हाक्ने काम गरेको र पार्टीका केन्द्रीय पदाधिकारीहरुलाई समेत वास्ता नगरेका कारण ओली नेतृत्वको पार्टी छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने युवाहरुको लहर बढ्दै गएको उनले बताए ।
इनरुवा नगर संगठन कमिटिको संयोजकमा बाबुराम दाहाललाई जिम्मेवारी दिएको छ । उनको नेतृत्वमा १ सय ७ जनाको कमिटि विस्तार हुने युवा नेता बसन्त सुवेदीले जनाएको छ । त्यसैगरी इनरुवा नगरको युवा संघ संयोजक धर्मेन्द्र चौधरी र सहसंयोजक रितेश पोखरेललाई जिम्मेवारी दिइएको छ । सो समिति ५१ सदस्यीय नगर कमिटि विस्तार हुनेछ । इनरुवा नगरको अनेरास्वबीयु इनरुवा नगर कमिटिको संयोजकमा सोनु रिजाल र सहसंयोजकमा अशोक दाहाललाई जिम्मेवारी दिइएको छ भने सो ३१ सदस्यीय समिति हुने युवा नेता सुवेदीले जनाएको छ ।