Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

श्रीलंका टापुमा सप्तकोसी नदिले गरेको कटानबाट प्रभावित क्षेत्रको गृहमन्त्री खाँणद्वारा अनुगमन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
श्रीलंका टापुमा सप्तकोसी नदिले गरेको कटानबाट प्रभावित क्षेत्रको गृहमन्त्री खाँणद्वारा अनुगमन
85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको श्रीलंका टप्पुमा रहेको चिलैया, गरैया क्षेत्रमा सप्तकोशी नदीले गरिरहेको कटानको अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँडले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।
अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा शनिबार अनुगमन गरिएको हो ।

सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा तीव्र कटान गरिरहेको छ ।
भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गरेको स्थानीय सन्तोष कुमार चन्द्र्वशीले बताए । उनले भने, ‘सप्तकोशीको बाढी जमिन कटान गर्दै बीचमा पर्ने श्रीलंका टापुको बस्ती नजिक आएपछि त्रसित बनेको छु ।’
सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६ का वडा सदस्य श्यामबहादुर लिम्बूले बताएका छ्न ।

सप्तकोशीले पश्चिमतर्फको श्रीलंका टापु आसपासका क्षेत्रमा नौ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई कटान गर्दा २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु परेको वडासदस्य लिम्बूले बताए ।
सप्तकोशी नदीको बाढी बस्ती नजिक आएपछि सप्तकोशीको बीचमा रहेको श्रीलंका टापुका ५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित हुने अवस्था रहेकाले तत्काल कोशी कटान नियन्त्रणको काम थाल्नुपर्ने स्थानीयवासिले माग गरेका छन् ।
अनुगमन सुरु गर्दै गृहमन्त्री खाँडले बाढी प्रभावित क्षेत्रहरुमा सरकारले अनुगमन पश्चात उद्धार तथा राहतको कार्य सुरु गरिने बताए । उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न सरकारले आगामी दिनहरुमा विज्ञमार्फत दिर्घकालिन योजना ल्याउन गइरहेको समेत जानकारी दिए ।

गृहमन्त्री खाँडले राहतका लागि सरकार पूर्ण रुपले तम्तयार रहेकाले छिट्टै प्रभावित क्षेत्रमा राहत टोली समेत पुग्ने स्पष्ट पारे । उनले बाढीले पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउने र अन्य मर्मतसम्भार जस्ता कामको लागि समितिले सरकारलाई सिफारिस गर्ने जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाणसहितको टोली सप्तकोशी नदीमा आएको बाढीका कारण भइरहेको कटान तथा बस्ती डुवान भएको क्षेत्रको स्थलगत अवलोकनका लागि उदयपुरको बेलका नगरपालिकाको प्रभावित क्षेत्र आइपुगेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशीमा बाढीले निरन्तर कटान गरेर बस्तीलाइ पारेको प्रभाव निरीक्षण गर्न गृहमन्त्री खाँडसहितको टोली कटान प्रभावित अनुगमन गरेर फकिएको छ ।

गृहमन्त्री खाणका साथै टोलीमा पूर्वमन्त्रीद्वय मोहन बस्नेत र शेरबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे लगायतका पदाघिकारीहरु थियो ।

गृहमन्त्री खाणसहितको टोली कटान प्रभावित क्षेत्रमा उपस्थित उदयपुर, सुनसरी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकृतहरुसंग सप्तकोशी नदीमा आएको बाढी र कटानले बेलका नगरपालिकाका साथै अन्य जिल्लामा पारेको प्रभावका बारेमा जानकारी लिने सुनसरीका प्रजिअ उमेश ढकालले जानकारी दिए ।

Share34Tweet21SendScan
Previous Post

संविधानको रक्षाको लागि पार्टी विभाजन  : भाक्री

Next Post

एकै परीवारका ६ सदस्यको हत्या

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
एकै परीवारका ६ सदस्यको हत्या

एकै परीवारका ६ सदस्यको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In