Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मसीसी सम्झौता परिमार्जन गर्ने अमेरिकाको सङ्केत

​फातेमा र ब्रुक्स नेपाल आउनुअघि नै अमेरिकाको चासो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार
मसीसी सम्झौता परिमार्जन गर्ने अमेरिकाको सङ्केत
94
SHARES
Share on FacebookShare on Twitter

अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ । नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि  राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता  संशोधन गर्ने पक्षमा आइपुगेको नेपाली पक्षको बुझाइ छ । सोही अनुसार नेपाली पक्षको मागबमोजिम नै अमेरिकाले सम्झौतामा भएका कुन–कुन प्रावधान संशोधन गर्नुपर्ने हो भनेर सोधेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।
परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने विवादित विषयहरू नोट गरेर पठाउन अमेरिकी पक्षले भनेकाले नै नेपालले बुँदामा संशोधन गर्नुपर्ने विषयहरू समेटेर पत्र पठाएको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले बताएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसीबारे राखेको चासोका विषयमा ब्रिफिङ गर्दै संशोधन गर्नुपर्ने विषयहरू पठाउन भनेअनुसार नेपाल पक्षले पत्र पठाएको बुझिएको छ ।

स्रोतका अनुसार संशोधन गर्नुपर्ने र अस्पष्ट भएका विषयहरू एमसीसीका उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमणमा आउनुअघि नै प्रष्ट पार्न भनेकाले सरकारले अमेरिकालाई पत्र पठाएको स्रोतले बतायो ।

। ‘यसअघि अमेरिकाले सम्झौता संशोधन हुँदैन भन्दै आएको थियो । तर, अहिले उसैले संशोधन गर्नुपर्ने विषयहरू खुलाउन भनेकाले ऊ संशोधनका लागि तयार भएको भन्ने सङ्केत मिलेको छ’, प्रधानमन्त्री देउवा निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘एमसीसीका उपाध्यक्षको टोली नेपाल आएपछि यसबारे प्रष्ट हुन्छ ।’

 एमसीसी विवाद : को हुन् नेपाल आउन लागेका फातिमा र जोनाथन ?

अमेरिकास्थित एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स मंगलबार नेपाल आउँदैछन्  । फातिमा र जोनाथनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र शीर्षस्थ नेताहरूसँग भेट गर्ने बुझिएको छ ।

फातिमा सुमर

फातिमा सुमर अन्तरराष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति र वकालतमा पोख्त रहेकी एमसीसी मुख्यालयको वेभसाइटमा उल्लेख छ ।

सुमार एमसीसीको कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष हुन् । उनले नै एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले प्रवाह गरेको अनुदान सहायता हेर्छिन् ।

पूर्वाधार, वातावरण, जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक तथा सामाजिक समावेशीकरण, मानव र समुदाय विकास, भूमि तथा कृषि, खरिद, वित्त व्यवस्थापन, रणनीतिक साझेदारी, सम्झौता र अनुदान व्यवस्थापन पनि उनको कार्यक्षेत्र हो ।

कम्प्याक्ट अप्रेशन उपाध्यक्ष हुनुअघि उनी युरोप, एसिया–प्रशान्त, दक्षिण अमेरिका हेर्ने एमसीसीकी सहायक उपाध्यक्ष थिइन् । उनले यी क्षेत्रमा एमसीसी कम्प्याक्ट व्यवस्थापन गर्ने गर्थिन् ।

सुमरले अक्स्फार्म अमेरिकाकी उपाध्यक्ष पनि भइसकेकी छिन् । उनले अमेरिकी सरकारको कार्यपालिका र व्यवस्थापिका गरी दुवै क्षेत्रमा काम गरिसकेकी छिन् ।

अमेरिकी विभागमा दक्षिण तथा मध्य एसिया हेर्ने उप–सहायक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी सुमरले विभिन्न देशमा आर्थिक र ऊर्जा क्षेत्रमा अमेरिकी संलग्नता बढाएकी थिइन् । अमेरिकी कंग्रेसमा उनी अफगानिस्तान, पाकिस्तान र सीमावर्ती क्षेत्र हेर्ने वरिष्ठ कर्मचारी थिइन् ।

सुमर अमेरिकाको प्रिन्स्टन, कोर्नेल र इन्डियाना विश्वविद्यालयकी सल्लाहकार बोर्डमा पनि छिन् । उनले प्रिन्स्टन विश्वविद्यालयबाटै सार्वजनिक मामिलामा ग्य्राजुुएट गरेकी छिन् ।

जोनाथन ब्रुक्स

ब्रुक्स एमसीसीका कम्प्याक्ट अप्रेशनका सहायक उपाध्यक्ष हुन् । उनले एमसीसी कार्यक्रमको प्राविधिक र क्षेत्रीय विभाग तथा एजेन्सीहरूको नियमन गर्छन् ।

एमसीसीका मान्यता र साझेदारीमा केन्द्रित रही ब्रुक्सले नतिजा र नीतिगत सुधारमा काम गरिरहेको एमसीसी वेभसाइटमा उल्लेख छ । विदेशी सरकारहरूसँग उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी पनि एमसीसीले ब्रुक्सलाई नै दिएको छ ।

उनले एमसीसी सहायताका परियोजनाको गुणस्तर, खरिद मापदण्ड, वित्तीय व्यवस्थापन, वातावरण, सामाजिक प्रभाव र अनुुगमन तथा मूल्यांकनसमेत गर्छन् । यसअघि नै उनले एल–साल्भाडोर, इन्डोनेशिया, कोशोभो, मंगोलिया, नेपाल र टिमोर लेस्टेमा एमसीसी परियोजना अघि बढाउन काम गरिसकेका छन् ।

ब्रुक्स होन्डुरसमा एमसीसीका देशीय निर्देशक पनि भएका थिए । राजनीतिक अस्थिरताबीच त्यहाँ एमसीसीले जेनतेन केही परियोजनाहरू बनाएको छ ।

जर्जिटाउन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका ब्रुक्सले दक्षिण अमेरिकी मुलुकहरूमा पनि काम गरिसकेका छन् ।

फातिमा सुमर र जोनाथन ब्रुुक्स नेपाल आएपछि विवादित एमसीसी सम्झौता संसद्बाटै अनुमोदन गराउने पृष्ठभूमि सरकारले नै बनाउँदैछ । उनी नेपाल आउने समाचार सार्वजनिक भएसँगै गृह मन्त्रालयले मित्रराष्ट्र विरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने चेतावनी दिइसकेको छ ।  श्रोत :  ratopati.com

Tags: mccअमेरिकाको सङ्केतमसीसी सम्झौता
Share38Tweet24SendScan
Previous Post

एकै परीवारका ६ सदस्यको हत्या

Next Post

भारतले नेपालीलाई कब्जा गर्न चार नेताको प्रयोग :नेता मंडल

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भारतले नेपालीलाई कब्जा गर्न चार नेताको प्रयोग :नेता मंडल

भारतले नेपालीलाई कब्जा गर्न चार नेताको प्रयोग :नेता मंडल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In