राजविराज । नेकपा(एमाले) स्थायी कमिटी सदस्य र प्रदेश नं २ इन्चार्ज तथा प्रदेशसभा सदस्य सत्यनारायण मंडलले नेपालाई कब्जा गर्न भारतले चार जना नेपाली नेतालाई प्रयोग गरेको बताएका छ्न।
हिजो आइतबार गृह जिल्ला सप्तरीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन।
दिल्लीका वरिष्ठ प्रोफेसर मुकेश सिंहको चाइना,नेपाल एण्ड फँरन पोलिसी किताब अनुसार नेपाललाई कब्जा गर्न यहाँका चार नेताहरु गिरिजा प्रसाद कोइराला,माधव कुमार नेपाल,प्रचण्ड र बाबुराम भट्टराईलाई प्रयोग गरिएको दाबी गरे ।यसै बारे टिप्पणी गर्दै अहिलेसम्म भारतले किन मुकेश सिंह विरुद्ध मुद्दा गरेन रुभनेर प्रश्न समेत गरे ।
साथै संविधानमा प्रदत्त मौलिक हक अन्तर्गतको दलितको हक कार्यान्वयन गर्न केपी ओलि नेतृत्वको एमाले सरकारले भुमि सम्बन्धि समस्या समाधान गर्न आयोग समेत बनाए। तर यो जंगली कांग्रेस सरकारले आत्तिएर यसलाई बिघटन गर्ने दुस्साहस गरेको छ।बर्तमान सरकारलाई निर्लजको संज्ञा दिदै उनले संसारकै कुनैपनि लोकतान्त्रिक मुलुकमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको प्रचलन नरहेतापनी गधा न्यायाधीशहरुको कारणले सरकार परिवर्तन गराएको जिकिर गरे।